जेनजी प्रदर्शनमा प्रहरीलाई अश्रुग्याँस प्रहार गर्ने युवक पक्राउ
बुधबार, १२ कात्तिक २०८२, ११ : ३४
सारांश
- भदौ २४ मा जेनजी प्रदर्शनको क्रममा एक युवकले प्रहरीको ग्याँस गन लुटे।
- प्रहरीले गोरखाका निखिल भुजेललाई पक्राउ गरी आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ।
- भुजेलले प्रहरीलाई अश्रुग्याँस फायर गरेको र हतियार बोकेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा प्रहरीको ग्याँस गन लुटेर प्रहरीतर्फ नै प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको अजिरकोट–५ कुसुन्डे घर भएका निखिल भुजेल छन् ।
ललितपुर बस्दै आएका २१ वर्षीय भुजेललाई पक्राउ गरेर आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान थालिएको काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए ।
आरोपीले प्रहरी वृत्त नयाँ बानेश्वरबाट ग्याँस गन लुटेर सो गनबाट प्रहरीलाई नै अश्रुग्याँस फायर गरेका थिए । उनले हतियार बोकेर हिँडेको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण