गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या १०४ पुग्यो
रफाह । मंगलबार राति गाजामा इजरायलले गरेको आक्रमणमा कम्तीमा १०४ प्यालेस्टिनीहरू मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ ।
उता इजरायली सेनाले भने आफूले दर्जनौं आतंकवादी लक्ष्य र लडाकुहरूलाई निशाना बनाएको बताइरहेको छ । हमासले अमेरिकाको नेतृत्वमा भएको युद्धविराम सम्झौताको उल्लंघन गरेपछि यो कारबाही गरिएको उसको दाबी थियो ।
हमासले इजरायली सैनिकहरूमाथि आक्रमण गरेको र बन्धकहरूको शव फिर्ता गर्ने सर्तहरू उल्लङ्घन गरेको आरोप इजरायली रक्षामन्त्री इजरायल काट्जले लगाएका छन् । आक्रमणमा कुनै पनि संलग्नता अस्वीकार गर्दै आफू युद्धविरामप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको हमासले बताएको छ ।
कुनै पनि कुराले युद्धविरामलाई जोखिममा नपार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् । तर, इजरायली सैनिकहरूलाई निशाना बनाएपछि उसले जवाफ दिनुपर्नेचाहिँ उनले बताए । यी आक्रमणहरूले गाजा सहर, बेइत लाहिया, बेरेइज, नुस्सैरत र खान युनिसमा घरहरू, विद्यालयहरू र धेरै आवासीय भवनहरूमा क्षति पुगेको छ ।
विस्फोटमा धेरै आवासीय क्षेत्रहरू थर्किएको अनि आगो र धुवाँको बादल देखापरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । घटनामा ४६ बालबालिका र २० महिलासहित १०४ जनाको मृत्यु भएको र २५० भन्दा बढी घाइते भएको गाजा स्वास्थ्य मन्त्रालयले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण