सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँमा ब्राउन सुगरसहित २ जना पक्राउ

बुधबार, १२ कात्तिक २०८२, १९ : ५०
बुधबार, १२ कात्तिक २०८२

काठमाडौँ । लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगदसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार राति करिब ९ः४५ बजे काठमाडौँ महानगरपालिका–१६ माछापोखरी चोकमा लागुऔषध बेचबिखन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला काभ्रे, रोशी गाउँपालिका १० घर भई नयाँ बसपार्क बस्ने २९ वर्षीय राम बहादुर दुलाल रहेका छन् । उनको साथबाट प्रहरीले ०.८२ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र २५ हजार रुपैयाँ बरामद गरेको छ ।

यसैगरी, सोही घटनामा संलग्न रहेको आशङ्कामा जिल्ला सर्लाही, बागमती नगरपालिका ५ घर भई तारकेश्वर नगरपालिका ५, लोलाङ बस्ने ४० वर्षीय रामहरि खड्कालाई पनि नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले दुवै जनालाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप