बाढी पहिरोका कारण केही राजमार्ग अवरुद्ध
सारांश
- मनसुन सक्रिय भएसँगै बाढी पहिरोले कोशी, मेची र वीपी राजमार्ग अवरुद्ध भएका छन्।
- बंगालको खाडीमा विकसित चक्रवात 'मोन्या' का कारण कोशी प्रदेशमा भारी वर्षाको सम्भावना छ।
- इलाममा राति मेची राजमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ भने रसुवामा मितेरी पुल बाढीले बगाएको छ।
काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै बाढी पहिरोले केही मुख्य राजमार्गहरूमा अवरोध पुगेको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ८ बजेसम्म कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने मेची राजमार्ग र वीपी राजमार्गमा अवरुद्ध भएको छ ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्या’ का कारण कोशी प्रदेशका धेरै स्थानमा अत्यधिक वर्षा भई विपद्जन्य घटना घट्न सक्ने बताइएको छ ।
उक्त कुरालाई मध्यनजर गर्दै बिहीबार ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना प्रकाशित नभएसम्मका लागि रातको समयमा इलाम जिल्लाभित्र मेची राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
यस्तै सङ्खुवासभाको भोटखोला गाउँपालिकाको बरुणखोलामा कोशी राजमार्ग अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध छ । काभ्रेको रोशी गाउँपालिका ११ माम्तीखोला, डालाबेसी, बुल्ढुंगालगायत स्थानहरूमा पहिरो खसेका कारण वीपी राजमार्ग एकतर्फी रूपमा मात्रै सञ्चालनमा छ ।
रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीका कारण नेपाल र चिन जोड्ने मितेरी पुल बाढीले बगाउँदा पूर्ण रूपमा अवरुद्ध भएको छ । यो अवरोध २०८२ असार २४ गतेदेखि भएकाे हाे ।
यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा गर्नुअघि सडकको अवस्था बारे जानकारी लिन प्रहरीले अनुरोध गरेको छ।
_KM4b0tIYF1.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण