एक घण्टा ढिलो गरी सुरु भयो कांग्रेस केन्द्रीय समिति
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार दिउँसो सुरु भयो।
- बैठकले पार्टीको १५औँ महाधिवेशन, निर्वाचन र अन्य समसामयिक विषयमा निर्णय गर्नेछ।
- महाधिवेशनको मिति र तरिकाबारे पार्टीभित्रै विवाद रहेको छ।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार दिउँसोदेखि सुरु भएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक दुई बजेबाट सुरु भएको हो । गत असोज २८ गतेबाट सुरु केन्द्रीय समिति बैठक कात्तिक एक गतेबाट बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।
जारी बैठकले कांग्रेसको १५ औँ महाधिवेशन, सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन, प्रतिनिधिसभा विघटन र जेनजी आन्दोलनबारे संस्थागत निर्णय गर्ने नेताहरू बताउँछन् ।
बैठक केहीबेर अघिबाट सुरु भएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।
कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेमा विवाद छ । नियमित महाधिवेशनको पनि मितिमा विवाद छ । संस्थापनले नियमित महाधिवेशन आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनपछि गर्नुपर्ने बताइरहेको रहेको छ । इतर समूहले नियमित महाधिवेशन मंसिरमा गर्नुपर्ने बताइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण