भारतबाट १६ बालबालिकाको उद्धार
सारांश
- भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ र जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।
- उद्धार गरिएका बालबालिका महोत्तरी, धनुषा, सिरहा, रौतहट र सप्तरी जिल्लाका हुन्, र उनीहरूको उमेर ९ देखि २२ वर्षसम्म छ।
- बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा 'कीन इन्डिया' संस्थाले उद्धार गरेको थियो।
जनकपुरधाम । भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ ।
मधेस प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र बिहार राज्यका विभिन्न ठाउँ पुर्याइएका ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा ‘कीन इन्डिया’ संस्थाले उद्धार गरेर मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा उनीहरुका अभिभावकको जिम्मा लगाएको हो ।
उद्धार गरिएकामा महोत्तरी, धनुषा, सिरहा, रौतहट र सप्तरी जिल्लाका रहेका छन् । उनीहरूको उमेर ९ देखि २२ वर्षसम्मको रहेको राष्ट्रिय बालअधिकार परिषद् मधेस प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिए । यस्तै दुई बालिकालाई पनि ‘किन इन्डिया’ले भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर बालकल्याण समिति तथा बालबालिका खोज उद्धार केन्द्र जनकपुरधाममार्फत अभिभावकको जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व बजारमा घट्यो तेलको भाउ, कतिमा भइरहेकाे छ कारोबार ?
-
प्रतिनिधिसभाको बैठक सुरु, के-के छन् कार्यसूची ?
-
इरानी तेल ट्याङ्करहरू अमेरिकी नाकाबन्दी क्षेत्रबाट बाहिर निस्कन थाले
-
अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण, पछिल्लो आक्रमणमा १ जनाको मृत्यु
-
बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल
-
मस्कको एक्सएआई विरुद्धको मुद्दा रोक्न खोज्दैछ ट्रम्प प्रशासन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण