काठमाडौँ किंग्सको जर्सी सार्वजनिक
बिहीबार, १३ कात्तिक २०८२, २० : ५५
काठमाडौँ । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) २०२५ का लागि काठमाडौँ किंग्सले आफ्नो जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ ।
बिहिबार दरबार मार्गस्थित क्याफोफिलिया क्याफेमा आयोजित एक कार्यक्रममा काठमाडौँ किंग्सले आफ्नो टिमको जर्सी र एन्थम एकसाथ अनावरण गरेको हो ।
कार्यक्रममा क्लबका अध्यक्ष अमित अग्रहरी र टिम म्यानेजर दिपक नेपालीले जर्सी अनावरण गरेका थिए ।
सो अवसरमा बोल्दै अध्यक्ष अग्रहरीले टिमलाई शुभकामना व्यक्त गरे । टिम एन्थमका गायक तथा संगीतकार प्रिजोल नेपालीले गीतलाई काठमाडौँको संस्कृति र नेवारी समुदायसँग जोड्ने प्रयास गरिएको जानकारी दिए ।
काठमाडौँ किंग्सले एनएसपीएलमा आफ्नो पहिलो खेल शनिबार साँझ ५ बजे जनकपुरको अप्पन जनकपुरसँग खेल्नेछ ।
उक्त खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्सबाट गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण