आज राति यी स्थानहरुमा वर्षाको सम्भावना
सारांश
- बंगालको खाडीमा विकसित चक्रवात 'मोन्था'को प्रभावले नेपालमा वर्षा र हिमपातको सम्भावना छ।
- बिहीबार रातिदेखि शुक्रबार साँझसम्म देशभर मौसम बदली रहनेछ र भारी वर्षाको पनि पूर्वानुमान छ।
- चक्रवात 'मोन्था' हाल भारतको मध्य प्रदेशमा सक्रिय छ, जसको प्रभाव शुक्रबार साँझसम्म रहनेछ।
काठमाडौँ। बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभावका कारण बिहीबार रातिदेखि शुक्रबार साँझसम्म देशभर मौसम बदली रहने र अधिकांश स्थानमा वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम विज्ञान विभागका अनुसार आज राति देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका धेरै भागमा तथा बाँकी प्रदेशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात र कोशी, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ।
विभागका अनुसार भोलि दिउँसो देशका अधिकांश स्थानमा पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षाको साथै कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा हुन सक्ने विभागको अनुमान छ। कोशी, मधेश र बागमतीका केही स्थान तथा लुम्बिनीका एक-दुई भागमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भू-भागमा भोलि पनि मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार बंगालको खाडीमा बनेको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय प्रणालीका रूपमा सक्रिय छ, जसको प्रभाव शुक्रबार साँझसम्म नेपालमा रहनेछ।
विभागका अनुसार शुक्रबारपछि मौसममा क्रमिक सुधार हुने छ । साथै, पश्चिमी वायू र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीले पनि हाल नेपालमा आंशिक प्रभाव पारिरहेको विभागले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण