अपडेटः अफताव आलमको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक
सारांश
- नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको स्वास्थ्य अवस्था नाजुक छ र उनी भेन्टिलेटरमा उपचाररत छन्।
- २०६४ सालमा भएको बम विस्फोट र हत्या आरोपमा जन्मकैदको सजाय सुनाइएका आलम उच्च अदालतबाट रिहा भएका थिए।
- स्वास्थ्य समस्याका कारण बारम्बार अस्पताल भर्ना भएका आलमको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको उपचाररत अस्पतालले जनाएको छ ।
सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले उनको अहिले भेन्टिलेटरमा उपचार भइरहेको र अवस्था अत्यन्तै नाजुक रहेको बिहीबार राति रातोपाटीलाई बताए । केही दिनयता उनको भेन्टिलेटरमै उपचार भइरहेको उनको भनाइ छ।
आलमलाई रौतहटको राजापुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घाइते पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले २०८१ वैशाख १३ गते आलम र अन्य तीनलाई जन्मकैदको सजाय सुनाएको थियो । त्यसविरुद्ध आलमले गरेको पुनरावेदनमा गत १४ जेठमा सुनुवाइ गर्दै वीरगञ्ज उच्च अदालतका न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएपछि त्यसैदिन नख्खु कारागारबाट छुटेका थिए ।
कारागारबाट छुटेको केही दिनमै उनलाई स्वास्थ्यमा समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । एक साता बढी उपचारपछि डिस्चार्ज भएका आलमलाई फेरि त्यही समस्या बल्झिएपछि दसैँ अगाडि केएमसी अस्पतालमा भर्ना गरिएको थियो । केही दिन राखेर डिस्चार्ज भएका आलमलाई फेरी समस्या बल्झिएपछि तिहारअघि पुनः भर्ना गरिएको हो । उपचारकै क्रममा थप समस्या भएपनि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण