पहिरो र लेदोका कारण बीपी राजमार्ग पूर्ण अवरुद्ध
शुक्रबार, १४ कात्तिक २०८२, ०७ : ५७
सारांश
- लगातारको वर्षाले गर्दा बीपी राजमार्गमा लेदो र पहिरो आएर अवरुद्ध भएको छ।
- काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयले राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जानकारी दिएको छ।
- चौकीडाँडा, चार सय बेसी, डालाबेसी लगायतका स्थानहरूमा पहिरो गएको छ, जसले गर्दा सडक अवरुद्ध भएको छ।
काठमाडौँ । अविरल वर्षासँगै आएको लेदो र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रूपमा नै अवरुद्ध भएको जनाएको छ ।
राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा बोक्सीकुना, नार्केलगायतको स्थानहरूमा पहिरो तथा लेदो खसी दुईतर्फी रूपमा सडक अवरोध भएको छ ।
अवरुद्ध सडक सुचारु गर्नका समय लाग्ने भएकोले वैकल्पिक मार्गको प्रयोग गरी यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण