राप्ती प्रतिष्ठानमा २७७ भन्दा बढी बिरामीको मिर्गौलाको पत्थरीको सफल शल्यक्रिया
सारांश
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएपछि २७७ जना बिरामीले उपचार पाएका छन्।
- डा. सुशिल खनियाँको नेतृत्वमा चिकित्सक टोलीले मिर्गौलाको पत्थरी, प्रोस्टेट लगायतका समस्याको शल्यक्रिया गर्दै आएको छ।
- युरोलोजी सेवाले गर्दा दाङका बिरामीहरूलाई अब बुटवल वा नेपालगन्ज जानुपर्ने बाध्यता हटेको छ।
बुटवल । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएपछि सेवा प्रभावकारी बन्दै गएको छ। प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएको जेठ महिनादेखि असोज मसान्तसम्म २ सय ७७ जना बिरामीले उपचार लिएका छन्।
प्रतिष्ठानका युरोलोजिष्ट सर्जन डा. सुशिल खनियाँको नेतृत्वमा चिकित्सक डा. विवेक थापा, डा. पङ्कज नेपालीसहितको टोलीले सानादेखि ठुला शल्यक्रियाहरू नियमित रूपमा गर्दै आएको छ।
प्रतिष्ठानको तथ्याङ्क अनुसार युरोलोजी ओपीडीमा दैनिक ७० भन्दा बढी बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिइरहेका छन्। यसअघि युरोलोजी सेवा नहुँदा दाङका बिरामीहरूलाई बुटवल वा नेपालगन्ज पुगेर उपचार गर्नुपर्ने बाध्यता थियो। अत्याधुनिक उपकरणसहित सेवा विस्तार भएपछि अहिले उक्त समस्या समाधान भएको प्रतिष्ठानले जनाएको छ।
डा. खनियाका अनुसार १ सय ५७ जना बिरामीको मिर्गौलामा भएको गम्भीर प्रकारको पत्थरीको शल्यक्रिया गरिएको छ भने २२ जना मध्यम प्रकृतिका र ९९ जना बिरामीको सामान्य शल्यक्रिया गरिएको छ।
युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी समस्या, प्रोस्टेट, मिर्गौला र पित्तथैलीको पत्थरी, पिसाब नलीसम्बन्धी रोग, अण्डकोषमा मासु पलाउने वा सुन्निने, पिसाब पोल्ने, चुहिने जस्ता विभिन्न समस्याको उपचार सेवा उपलब्ध रहेको डा. खनियाले बताए।
प्रतिष्ठानमा युरोलोजी सेवा लिने बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको उनले जनाए। प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा. डा. जनार्दन पन्थीका अनुसार युरोलोजी सेवा हाल अत्यन्त प्रभावकारी र जनमुखी बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण