प्रेस चौतारीका अध्यक्ष पाण्डेको घरमा तोडफोड
सारांश
- प्रेस चौतारी नेपालले अध्यक्ष गणेश पाण्डेको घरमा ढुङ्गा प्रहार गरी तोडफोड भएको घटनाको निन्दा गरेको छ।
- घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै यो आक्रमण योजनाबद्ध भएको जनाइएको छ।
- अध्यक्ष पाण्डेको घरमा आक्रमण हुनुअघि सामाजिक सञ्जालमा उत्तेजना फैलाइएको थियो र ८२ वर्षीया हजुरआमा सुतेको कोठामा क्षति पुगेको छ।
काठमाडौँ । प्रेस चौतारी नेपालले केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ बेंसीसहरस्थित घरमा गएराति अज्ञात समूहले ढुङ्गा प्रहार गरी तोडफोड गरेको घटनाप्रति निन्दा गरेको छ ।
महासचिव हीरामान लामाद्वारा आज जारी विज्ञप्तिमा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, श्रमजीवी तथा व्यावसायिक पत्रकारहरूको संस्थाको केन्द्रीय अध्यक्षकै घरमा यस्तो आक्रमण हुनु अत्यन्त गम्भीर र निन्दनीय कार्य भएको जनाइएको छ । “यो आक्रमण योजनाबद्ध रूपमा गरिएको हाम्रो निष्कर्ष छ । गत भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजना फैलाइ घरमा आक्रमण गर्न आह्वान गरिनु र गएराति आक्रमण हुनुले यो षड्यन्त्रपूर्वक आयोजना गरिएको स्पष्ट प्रमाणित भएको छ”, विज्ञप्तिमा भनिएको छ ।
चौतारीले कलमजीवीलाई दबाउने प्रयास सफल नहुने भन्दै घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्नलाई तत्काल कानुनी कठघरामा उभ्याउन सुरक्षा निकाय र प्रशासनसँग माग गरेको छ ।
ढुङ्गा प्रहारबाट अध्यक्ष पाण्डेको घरका झ्यालका सिसाहरू फुटेका र उहाँकी ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको चौतारीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण