जेनजी प्रदर्शन
जेलबाट भागेका ४ हजार ७९५ कैदीबन्दीको पासपोर्ट कालोसूचीमा
शुक्रबार, १४ कात्तिक २०८२, १५ : २७
काठमाडौँ । जेनजी प्रदर्शनमा कारागारबाट भागेका कैदीबन्दीको पासपोर्ट कालोसूचीमा राखिएको छ । भदौ २४ मा देशभरका कारागारबाट फरार भएका ४ हजार ७९५ जना कैदीबन्दीको राहदानी कालोसूचीमा राखिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले रातोपाटीलाई बताए ।
४ हजार २ सय २६ जना नेपाली र ५ सय २९ जना भारतीय कसुरदारहरूको पासपोर्ट कालोसूचीमा राखिएको हो ।
जेनजी प्रदर्शनमा १४ हजार ५४९ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ९ हजार ४५३ जना कारागारमा फर्किएको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताए ।
उनले भने, ‘कतिपय आफैँ आउनुभयो, कतिपयलाई प्रहरीले नियन्त्रणमा लिएर कारागारमा फर्काएको अवस्था छ ।’
न्यौपानेका अनुसार बालसुधार गृहका बालबिज्याईंकर्ता सहित ५ हजार १ सय ७४ जना कारागार बाहिर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण