जेनजी पुस्ताका कुनै पनि माग स्पष्ट छैनन् : महामन्त्री सिंह
सारांश
- नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले जेनजी पुस्ताका माग स्पष्ट नभएको बताए।
- उनले जेनजी आन्दोलनमा बाहिरी शक्तिहरूको प्रयोग भएको आरोप लगाउँदै वाम एकताको लागि अझै वातावरण नबनेको बताए।
- उनले देशमा विदेशी हस्तक्षेप, भ्रष्टाचार र राजनीतिक अस्थिरता बढेको भन्दै अन्तरिम सरकारको वैधानिकतामाथि प्रश्न उठाए।
बुटवल । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले जेनजी पुस्ताका कुनै पनि माग स्पष्ट नभएको टिप्पणी गरेका छन् । आज बुटवल पत्रकार सम्मेलन गर्दै महामन्त्री सिंहले जेनजी विचारविहीन र स्पष्ट मागविहीन आन्दोलनकारी भएको बताएका हुन् ।
उनले भ्रष्ट्राचार र सामाजिक सञ्जाल बन्द विरुद्धको माग अन्य पुराना पार्टीहरू पनि उठाएको स्पष्ट पार्दै अहिले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अन्य माग थपिएको बताए । महामन्त्री सिंहले जेनजीको आन्दोलनमा बाहिरी शक्तिहरूको प्रयोग भएको आरोप लगाउँदै ठोस विचार नभएपछि जेनजीको नाम अनेक समूहहरू देखिन थालेको बताए ।
उनले नेपालमा वाम एकता राम्रो भए पनि त्यसका लागि अझै वातावरण नबनेको बताए । उनले विगतमा वामसँगै लोकतान्त्रिक शक्तिहरू बिच पनि कार्यगत एकता भएको स्मरण गर्दै उनले त्यसैको जगमा आन्दोलन भएको बताए ।
उनले देशमा विदेशी हस्तक्षेप, भ्रष्टाचार र राजनीतिक अस्थिरता बढेको भन्दै अन्तरिम सरकारको वैधानिकता माथि समेत प्रश्न उठाए । प्रतिनिधिसभा विघटन, अन्तरिम सरकारको गठन र देशभर देखिएका ध्वंसात्मक घटनाहरूले देशलाई गहिरो सङ्कटमा धकेलेको बताउँदै उनले तत्काल समस्या समाधानका लागि सबै लाग्नुपर्ने बताए ।
उनले पार्टी केन्द्रीय समितिको बैठकले अब हुने निर्वाचनलाई उपयोग गरेर जाने निर्णय गरेको समेत बताए । अहिले संसद् पुनर्स्थापनाको मुद्दा अदालतमा चलिरहेको बताउँदै उनले अदालत गर्ने निर्णयलाई पार्टीले मानेर जाने बताए ।
सिंहले विगतमा भएका निर्वाचनमा पार्टीले अन्य दलहरूसँग तालमेल गरेर गएको भए पनि अहिले भने एक्लै निर्वाचन जाने बताए । तर केन्द्रीय समिति बैठकले ठाउँ हेरेर तालमेल गर्न सकिने निर्णय गरेको उनले बताए ।
अर्को एक प्रसङ्गमा महामन्त्री सिंहले नेपालको राजनीतिमा मात्रै उमेर हदको विषयले चर्चा पाएको बताउँदै पार्टीलाई नेतृत्व दिन सक्ने क्षमता र विश्वास भएकाहरू नेतृत्वमा रहनुपर्ने बताए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण