प्रेस चौतारी अध्यक्ष गणेश पाण्डेको घरमा ढुङ्गा प्रहार गर्ने तीन जना पक्राउ
सारांश
- लमजुङमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको घरमा ढुङ्गा प्रहार गर्ने ३ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा आयुष आले मगर, प्रदीप तामाङ र योगेश तामाङ रहेका छन्, उनीहरु २० वर्ष उमेर समूहका छन्।
- घटनाको विरोध गर्दै नेपाल पत्रकार महासंघ र प्रेस चौतारीले दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
लमजुङ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ बेशीसहरस्थित घरमा गए राति भएको ढुङ्गा प्रहार घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङले सिसिटिभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा बेशीसहर–८ का आयुष आले मगर, दोर्दी गाउँपालिका घर भई हाल बेशीसहरमा बस्ने प्रदीप तामाङ र बेशीसहर–१० निवासी योगेश तामाङ रहेका छन्। प्रहरीका अनुसार उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेकाहरू सबै करिब २० वर्ष उमेर समूहका रहेका छन्।
गए राति करिब १२ बजे अध्यक्ष पाण्डेको बेशीसहर बजारस्थित घरमा ढुङ्गा प्रहार भएको थियो। घटनामा घरका झ्यालका सिसा फुटेका छन्। सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएकी थिए।
घटनाप्रति नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालले घोर निन्दा प्रकट गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। दुवै संगठनले लोकतान्त्रिक परिवेशमा पत्रकारका नेता र परिवारमाथि भएको यस्तो आक्रमणलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भनेका छन्।
यस घटनाबारे लमजुङ प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ। पक्राउ परेकाहरूलाई छिट्टै सार्वजनिक गरिने लमजुङका प्रहरी प्रमुख रेशम बोहोराले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण