शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

शनिबार, १५ कात्तिक २०८२, ०७ : ५१
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
  • पक्राउ पर्नेमा मकवानपुरका सरोज लामा र दाङका हरि मगर रहेका छन्, उनीहरु कपनमा बस्दै आएका थिए।
  • चोरी भएको मोटरसाइकलसहित फेला पारेपछि दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।

काठमाडौँ । काठमाडौँबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार काठमाडौँ महानगरपालिका-४ स्थित हिमाल डेन्टल हस्पिटल अगाडिबाट उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा मकवानपुरका ३२ वर्षीय सरोज लामा  र दाङका १९ वर्षीय हरि मगर रहेका छन्। उनीहरू हाल काठमाडौँको कपन क्षेत्रमा बस्दै आएका थिए। ट्राफिक प्रहरीले बा ६६ प ५६८३ नम्बरको चोरी भएको मोटरसाइकल प्रयोग गरिरहेको अवस्थामा फेला पारेपछि दुवैलाई नियन्त्रणमा लिएको हो।

उक्त मोटरसाइकल अविनाश पुजारीको थियो, जसले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ११, लसुनटारबाट हराएको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए। नियन्त्रणमा आएका दुवै जनालाई थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप