गर्भवती कटरीनाको निजी तस्बिर भाइरल, बलिउडमा आक्रोश
सारांश
- अभिनेत्री कटरीना कैफको गर्भावस्थाको तस्बिर बिना अनुमति सार्वजनिक भएपछि बलिउडमा बहस सुरु भयो।
- प्राइभेसीको हनन भएको भन्दै फ्यान र सहकर्मीहरूले तस्बिर खिच्ने र मिडियालाई कारबाहीको माग गरेका छन्।
- सोनाक्षी सिन्हाले मिडियाको आलोचना गर्दै, यस्तो कार्यलाई अपराधीपूर्ण र लाजमर्दो भनेकी छिन्।
मुम्बई । अभिनेत्री कटरीना कैफको गर्भावस्थाका क्रममा मुम्बईस्थित उनको फ्ल्याटको बार्दलीमा खिचिएका निजी तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएपछि बलिउडमा ठुलो बहस सुरु भएको छ। यी तस्बिरहरू उनको अनुमतिबिना लिइएका थिए।
आफ्नो निजी जीवनलाई लिएर सधैं सतर्क रहने कटरीनाको प्राइभेसी खुलेआम खतरामा परेपछि फ्यानका साथै उनका को-स्टारहरूले पनि आक्रोश व्यक्त गरेका छन्। तस्बिरहरू सार्वजनिक हुनेबित्तिकै फ्यानहरूले यसलाई गोपनीयताको हनन र आपराधिक कार्य भन्दै मिडिया आउटलेट र फोटो खिच्नेहरूमाथि कडा कारबाहीको माग गरेका छन्।
अभिनेत्री सोनाक्षी सिन्हाले मिडियामाथि कडा टिप्पणी गर्दै भनेकी छिन्, ‘तिमीहरूलाई के भएको छ? कुनै महिलाको आफ्नै घरभित्र बिना अनुमति तस्बिर लिनु र सार्वजनिक गर्नु, तिमीहरू अपराधीभन्दा कम छैनौ, लाजमर्दो!’ सोनाक्षीको यो प्रतिक्रिया इन्टरनेटमा भाइरल भएको छ, जसले प्राइभेसीको बहसलाई थप चर्काएको छ।
हालै आलिया भट्टको पनि यस्तै निजी तस्बिरहरू भाइरल भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण