लम्बियो झरी, यस्तो छ कारण
सारांश
- काठमाडौं लगायत देशका मध्य र पूर्वी भूभागमा झरी लम्बिएको छ।
- मौसमविदका अनुसार, पश्चिमी वायु र नयाँ चक्रवातीय प्रणालीको मिश्रणले वर्षा गराएको हो।
- अबको १२ घण्टामा मौसममा सुधार आउने सम्भावना छ, र भोलि बिहान घाम लाग्ने सम्भावना रहेको छ।
काठमाडौँ । काठमाडौंसहित देशका मध्य र पूर्वी भूभागमा झरी लम्बिएको छ। यसअघि बागमती, गण्डकी र तराईका जिल्लाहरुमा आज बिहानसम्म मौसम खुल्नुपर्ने अनुमान गरिए पनि झरी लम्बिएको हो ।
मौसमविद उज्वल उपाध्यायले मौसमी पूर्वानुमानका तीनवटा मोडेल (सुत्रहरु)को संयुक्त अध्ययन अनुसार यी प्रदेशमा झरी लम्बिएको बताएका छन् ।
यस्तो छ झरी लम्बिनुको मुख्य कारण :
मोन्था आँधी बिहीबारदेखि कमजोर भएर सक्रिय रहेको (तर नबाहिरिएको) पश्चिमी वायुसँग यसको मिश्रण भई एक ठूलो संयुक्त प्रणाली बनेको छ । जसले व्यापक क्षेत्र ढाकेको छ ।
यो प्रणाली हिजो रातिसम्म कोशी हुँदै बंगालको खाडीतर्फ सर्नुपर्ने भएपनि बंगालको खाडी नजिकै थाइल्याण्डकाे दक्षिणी भू-भागमा निर्मित र हाल बङ्गलादेशमा अवस्थित नयाँ चक्रवातीय प्रणालीद्वारा उल्टो दिशामा (उत्तर–पश्चिम तर्फ) धकेलिएकाे उपाध्यायले बताएका छन्।
यसैबिच,अरब सागरबाट अर्को सक्रिय प्रणाली गुजरात–राजस्थान हुँदै उत्तर–पूर्वतर्फ अगाडि बढिरहेको उनले बताए । अहिले नेपालमा पश्चिम, दक्षिण र पूर्व तीनै दिशाबाट जलवाष्पयुक्त वायुको दबाव परेका कारण वर्षा गराउने बादलको ठुलो हिस्सा अहिले गण्डकी–बागमती–कोशी क्षेत्रमा ‘टसमस’ नगरी बसेको र लगातार वर्षा भइरहेको उनकाे भनाइ छ । हावामा जलवाष्पको मात्रा अत्यधिक भएको हुँदा वर्षा रोकिएको बेला पनि शीत परेजस्तो मसिना पानीका कण झरिरहेकाे उपाध्यायले बताएका छन्।
अब के हुन्छ ?
यस्तो अवस्थामा हल्का झरीमात्रै पर्ने र ठुलो वर्षा नहुने मौसमदि उपाध्यायले बताए । यस्ताे अवस्थामा बाढीको जोखिम भने अत्यन्त न्यून हुने उनले बताएका छन् । धेरै प्रणाली मिसिएको जटिल अवस्था भएकोले अब यो प्रणाली कतिबेर रहन्छ भन्न त्यति सजिलो भने नभएको उनकाे भनाइ छ ।
तर बादलको घनत्व घट्ने क्रममा रहेकोले अबको १२ घण्टामा मौसममा उल्लेख्य सुधार आउने सम्भावना रहेको उनले बताएका छन् । साँझसम्म वर्षा पूर्ण रुपमा रोकिने र भोलि बिहानैदेखि घाम लाग्ने सम्भावना भने धेरै रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण