जेनजी क्रान्तिलाई तेस्रो जनआन्दोलनको रूपमा वैधानिकता दिनुपर्छ : कार्की
शनिबार, १५ कात्तिक २०८२, ११ : ३३
सारांश
- रास्वपा नेतृ डा. तोसिमा कार्कीले 'जेनजी क्रान्ति' लाई तेस्रो जनआन्दोलनको रूपमा वैधानिकता दिनुपर्ने बताइन्।
- उनले भदौ २३ गतेको शान्तिपूर्ण विद्रोहलाई संस्थागत गर्नुपर्नेमा जोड दिइन्, तर तोडफोडको दोष युवा पुस्तालाई दिन नहुने तर्क गरिन्।
- डा. कार्कीले सरकारको आपराधिक चरित्रको अनुसन्धान र कारबाहीको माग गर्दै घाइते र सहिद परिवारको जिम्मेवारी राज्यले लिनुपर्ने बताइन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा.तोसिमा कार्कीले हालै भएको ‘जेनजी क्रान्ति’ लाई नेपालले तेस्रो जनआन्दोलनको रूपमा वैधानिकता दिनुपर्ने स्पष्ट धारणा व्यक्त गरेकी छन् । उनले भदौ २३ गतेको शान्तिपूर्ण विद्रोहले सञ्चार गरेको सुसंस्कृत राजनीति र सुशासनको आवश्यकतालाई संस्थागत गर्नुपर्नेमा जोड दिएकी हुन्।
तर, भदौ २४ गते सडकमा देखिएको वितृष्णा र अप्रत्याशित तोडफोड, आगजनी तथा विध्वंसका घटनाको दोष कुनै पनि बहानामा जेनजी पुस्तामाथि लगाउन नहुने उनको तर्क छ।
डा.कार्कीले भदौ २३ गते सरकारले देखाएको ‘आपराधिक चरित्र अक्षम्य’ रहेको भन्दै त्यसलाई तत्काल अनुसन्धान, कानुन र कारबाहीको दायरामा ल्याउन माग गरेकी छन्। साथै,आन्दोलनका क्रममा घाइते भएका र सहिद परिवारको ससम्मान अभिभावकत्व तथा जिम्मेवारी राज्यले लिनुपर्ने उनले बताएकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण