एनआईसी एसिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेजमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट
शनिबार, १५ कात्तिक २०८२, ११ : ४७
काठमाडौँ । एनआईसी एसिया बैंक बैंकले आफ्ना ग्राहकहरूलाई रुपन्देहीस्थित देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युटमा उपचार गराउँदा विशेष छुट उपलब्ध गराउने सम्झौता गरेको छ।
यो सम्झौतासँगै बैंकका ग्राहकहरूले अस्पतालमा सेवा लिएर डिजिटल माध्यमबाट भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट पाउन सक्ने भएका छन्। बैंकका ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप मार्फत भुक्तानी गरेर यो सुविधाको उपयोग गर्न सक्नेछन्।
सम्झौताअनुसार ग्राहकहरूले ओपिडी टिकटमा ५० प्रतिशत छुट, सामान्य बेड चार्जमा २५ प्रतिशत छुट, शल्यक्रिया उपचारमा १५ प्रतिशत छुट, प्याथोलोजिकल ल्याब चार्जमा १५ प्रतिशत छुट, रेडियोलोजिकल सेवाहरूमा १५ प्रतिशत छुट र आईसियू–एनआईसियू–पीआईसियू–सीसीयूमा १० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, अन्य सेवाहरूमा १० प्रतिशत छुट पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण