शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

घुँगी खोज्न जाँदा एक जनाको मृत्यु

शनिबार, १५ कात्तिक २०८२, १५ : ५३
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • माडी नगरपालिकाका ६५ वर्षीय वृद्ध घुँगी खोज्न जाँदा रिउ खोलामा मृत फेला परे।
  • उनी शुक्रबार दिउँसो घुँगी खोज्न गएका थिए र आज बिहान खोलाको किनारमा मृत भेटिए।
  • प्रहरीले शव परीक्षणका लागि भरतपुर अस्पतालमा पठाएको छ।

चितवन । घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्विराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएको हो । 

बोट रिउ खोलामा घुँगी खोज्न शुक्रबार दिउँसो निस्किएका थिए । बोटको आज बिहान रिउ खोलाको किनारमा दलदलमा शव भेटिएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार शवको परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप