आकस्मिक अवतरण गरेको विमानका यात्रुलाई अर्को विमानमा काठमाडौँ पठाइयो
शनिबार, १५ कात्तिक २०८२, १६ : २४
सारांश
- श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या आएपछि भैरहवामा आकस्मिक अवतरण गरियो।
- धनगढीबाट काठमाडौँका लागि उडेको विमानमा हाइड्रो लिक फेलियर भएपछि यस्तो भएको हो।
- विमानमा रहेका यात्रुहरूलाई अर्को विमानबाट काठमाडौँ पठाइयो, र प्राविधिक टोलीले मर्मत सुरु गर्यो।
बुटवल। भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरेकाे श्री एयरलाइन्सका यात्रुलाई अर्को विमानबाट काठमाडौँ पठाइएको छ ।
शनिबार धनगढीबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सकाे फ्लाइट नम्बर २२२ विमान काठमाडौँ नपुग्दै बिच बाटोमै हाइड्रो लिक फेलियर भएर गौतमबद्ध विमानस्थलमा अवतरण गराइएको थियो ।
सो विमानमा रहेका यात्रुहरूलाई अर्को विमानबाट काठमाडौँ पठाएको विमानस्थलका निर्देशक तथा प्रवक्ता श्यामकिशोर साहले रातोपाटीलाई बताए ।
आकस्मिक अवतरण गरिएको सो विमानका चालक दलका सदस्य र ८२ जना यात्रुहरूलाई अर्को विमानमा काठमाडौँ पठाइएको उनले बताए । काठमाडौँबाट प्राविधिक आएर समस्याग्रत विमानको मर्मत कार्य सुरु गरिएको प्रवक्ता साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण