लोकगायक रेशम थापाको स्वास्थ्यमा सुधार
आइतबार, १६ कात्तिक २०८२, ११ : ४०
सारांश
- लोकगायक रेशम थापाको स्वास्थ्यमा सुधार आएको छ, टाउकोको शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार भएको हो।
- विगत ३-४ वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थापाको शल्यक्रियापछि शरीरको आधा भाग चलेको थियो।
- अहिले अस्पतालमै बेड रेस्टमा रहेका थापाले स्वास्थ्यमा सुधार भएपछि फेरि गीतसंगीतमै लाग्ने इच्छा व्यक्त गरेका छन्।
काठमाडौँ । चर्चित लोकगायक रेशम थापाको स्वास्थ्यमा सुधार भएको छ । टाउकोको शल्यक्रियासँगै उनको स्वास्थ्यमा सुधार आएको छोरी बिमला थापा मगरले जानकारी दिइन् ।
विगत ३ –४ वर्षदेखि प्यारालाइसिसको समस्याले थला परेका उनको एक शल्यक्रियापछि शरीरको आधा भाग चलेको थियो । शरीरको बाँकी भाग पनि चल्नका लागि टाउकोको शल्यक्रिया गरिएको हो । शल्याक्रियाका लागि उनलाई केही दिन अघि सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको थियो ।
उनी अहिले अस्पतालमै बेड रेष्टमा छन् । डाक्टरले एकसाता बेड रेष्ट गर्नुपर्ने बताएको छोरी बिमलाले बताइन् । आफू ठिक भएपछि फेरि गीतसंगीतमै लाग्ने उनको चाहना रहेको छ ।
गायक थापाका ‘रुमालै छ चिनो’, ‘नउने मखमली’, ‘साइँली खानी खोला बाचेमा भेट होला’ लगायत दर्जनौँ गीतहरु हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण