जापानी कम्पनीले ल्यायो पेटको बोसो घटाउने पानी
सारांश
- सन्टोरीले पेटको बोसो घटाउने ‘फङ्शनल वाटर’ लन्च गरेको छ, जुन नियमित मिनरल वाटर जस्तै देखिन्छ।
- कम्पनीले यसलाई 'फङ्शनल फूड' को श्रेणीमा राखेको छ र कर्मचारी तथा अनियमित जीवनशैली भएकाहरूलाई लक्षित गरेको छ।
- यस पानीमा एचएमपीए (फर्मेन्ट गरिएको चामलको चोकरबाट प्राप्त एसिड) रहेको छ, जसले पेटको बोसो घटाउन मद्दत गर्छ।
टोकियो । जापानी पेय पदार्थ कम्पनी सन्टोरीले हालै पेटको बोसो घटाउन सक्ने ‘फङ्शनल वाटर’ लन्च गरेको छ । यो विशेष पानी हेर्दा नियमित खालको मिनरल वाटर जस्तै देखिन्छ । तर कम्पनीले यसलाई ‘फङ्शनल फूड’को श्रेणीमा राखेको छ । अर्थात यो पानी जापानमा स्वास्थ्य लाभहरूको विज्ञापन गर्न कानुनी रूपमा अनुमति दिइएको खाद्य सामाग्रीमध्ये एक हो ।
यो पानी पेटमा लागेको बोसो घटाउन संघर्षरत् अधिकांश समय कार्यालयमा कुर्सीमा बसेर काम गर्ने कर्मचारी र अनियमित जीवनशैली भएकाहरू मानिसहरूलाई लक्षित गरेर ल्याइएको हो । यो पानीले पेटमा लागेको विशेष गरी ‘भिसेरल’ बोसो घटाउन मद्दत गर्न सक्ने दाबी कम्पनीले गरेको छ ।
सन्टोरीको नयाँ उत्पादनमा एचएमपीए (३–(४–हाइड्रोक्सी–३–मेथोक्सिफेनाइल)प्रोपियोनिक एसिड) रहेको छ । यो एसिड फर्मेन्ट गरिएको चामलको चोकरबाट प्राप्त हुने सानो–मोलिक्युल मेटाबोलाइट हो जसले पेटको बोसो घटाउन मद्दत गर्न सक्छ ।
आधिकारिक क्लिनिकल परीक्षण तथ्याङ्क अनुसार, एचएमपीएको निरन्तर सेवनले बीएमआई उच्च भएका व्यक्तिहरूमा पेटमा बोसोको फैलावट सुधार्न सक्छ । यो पानी हामीले नियमित रुपमा पिउने पानीसँग धेरै मिल्दोजुल्दो छ । ६०० मिलिलिटरको पानीको बोतलको मूल्य कर बाहेक १५० येन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण