अमेरिकाको हार्वर्ड मेडिकल स्कुलमा विस्फोट
सारांश
- हार्वर्ड मेडिकल स्कुलमा शनिबार बिहान विस्फोट भयो, जसमा कोही हताहत भएनन्।
- प्रारम्भिक अनुसन्धानले विस्फोट जानाजानी गराइएको देखाएको छ, र दुई संदिग्ध व्यक्ति भागेका थिए।
- प्रहरीले संदिग्धहरूको तस्बिर जारी गरेको छ र सीसीटीभी फुटेजको जाँच भइरहेको छ।
बोष्टन । अमेरिकाको हार्वर्ड मेडिकल स्कुलमा विस्फोट भएको छ । शनिबार बिहान भएको विस्फोटमा कोही पनि हताहत नभएको जनाइएको छ । सो घटनाले प्रशासन र सुरक्षा बललाई भने सतर्क बनाएको सञ्चारमाध्यामहरुले जनाएको छ ।
विस्फोट जानाजानी गराइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बोस्टन प्रहरीका अनुसार घटना बिहान सबेरै गोल्डेन सन भवनमा भएको थियो । अचानक आगो लागेपछि अलार्म बजेको र अलर्ट सुनेर विश्वविद्यालयका एक प्रहरी अधिकारी घटनास्थलमा पुग्दा दुई संदिग्ध व्यक्ति भवनबाट भागिरहेका थिए । अधिकारीले उनीहरूलाई रोक्न खोजे । तर सकेनन् ।
प्रारम्भिक अनुसन्धान पछि, बोस्टन अग्नि नियन्त्रक विभागले विस्फोट जानाजानी गराइएको पुष्टि गरेको छ । अधिकारीहरूले सम्पूर्ण भवनमा खोजी गर्दा थप विस्फोटक उपकरण भने फेला नपारेको बताइएको छ ।
घटनापछि प्रहरीले दुई संदिग्धहरूको धमिलो तस्बिरहरू जारी गरेको छ । फोटोमा दुवैले अनुहार छोपेका थिए र हुडी लगाएका थिए । अहिलेसम्म दुवैको पहिचान हुन सकेको छैन ।
अनुसन्धान एजेन्सीहरूले संदिग्धहरूको गतिविधि पत्ता लगाउन क्षेत्रमा सीसीटीभी फुटेज र अन्य क्यामेराहरू जाँच गरिरहेका छन् । घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि संगठनले नलिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण