फरार कैदीबन्दीबाट लुटिएको ग्यास गन बरामद
काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनमा प्रहरी कार्यालयबाट लुटिएको ग्यास गन जेलदेखि भागेका कैदीबन्दीबाट बरामद गरिएको छ ।
गौशाला स्थित ‘सोलुखुम्बु खाज घर’ अगाडि कात्तिक १३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उक्त गन बरामद गरेको थियो ।
त्यसबारे अनुसन्धान गर्दै जाँदा केन्द्रीय कारागार सुन्धाराबाट भागेका कैदीबन्दी राजा तामाङ भन्ने वाङ्सु लामालाई पक्राउ गरिएको सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए ।
काभ्रेको महाभारत गाउँपालिका–१ घर भएर गोकर्णेश्वर बस्ने वाङ्सुललाई ज्यान मार्ने उद्योग मुद्दामा २०८२ साउन ७ मा अदालतले पुर्पक्षका लागी थुनामा पठाएको थियो ।
भदौ २४ मा कारागारबाट भागेर उनले प्रहरीको ग्यास गन लुटेको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गर्न सीआईबीले जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल अरनिको यातायात सेवा प्रा.ली.समक्ष ८ बुँदे माग प्रस्तुत
-
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
-
आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले लिनुपर्ने ७ एजेन्डा
-
सुदूरपश्चिमका ओलम्पियन खेलाडीहरू नगदसहित सम्मानित
-
कर्णालीमा असारे विकास : २१ दिनमा ३ अर्ब २० करोड बढी खर्च
-
ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको प्रशंसा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण