बालुवाटारमा प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबिच छलफल
सारांश
- प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीचको छलफल बालुवाटारमा सुरु भएको छ।
- छलफलमा कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सहभागी छन्।
- संघ र प्रदेश सरकारबीचको संवाद र सहकार्य बढाउन बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबिचको छलफल सुरु भएको छ। आइतबार अपराह्न सबै मुख्यमन्त्री प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेसँगै छलफल सुरु भएको हो ।
बैठक अपराह्न ४ बजेदेखि सुरु हुने भनिएपनि केहीबेर ढिलागरी सुरु भएको हो ।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थित छन् ।
परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबिच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण