फेवातालमा डुङ्गा पल्टिएर डुबेका ३ जनाको सकुशल उद्धार
आइतबार, १६ कात्तिक २०८२, १७ : २९
कास्की । कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइड स्थित फेवातालमा आइतबार डुङ्गा पल्टिएर डुबेका ३ जनाको सकुशल उद्धार गरिएको छ ।
डुङ्गा अचानक पल्टिएपछि डुङ्गामा सवार चालक सोही महानगरपालिका आमबोटघाट बस्ने ४० वर्षीय महेश सुनार, रुपन्देही जिल्लाको बुटवल उपमहानगरपाािलका–३ बस्ने ४९ वर्षीय सोमबहादुर तामाङ र ४४ वर्षीय लालमान थारू फेवातालमा डुबेका थिए ।
घटनाबारे जानकारी पाउनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल नम्बर२४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा खटिएको संयुक्त विपद् उद्धार टोलीले मोटरबाेटको सहायताले उनीहरूको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण