धान किसानलाई तत्काल राहत दिन कृषक महासङ्घको माग
काठमाडौँ । राष्ट्रिय कृषक समूह महासङ्घ नेपालले देशभर भएको बेमौसमी वर्षाले धानबालीमा पुर्याएको व्यापक क्षतिको तत्काल राहत र क्षतिपूर्तिको माग गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
महासङ्घका अध्यक्ष पञ्चकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा विगत तीन चार दिनदेखि लगातार भइरहेको बेमौसमी वर्षाले भित्र्याउने बेलाको धानबालीमा ठुलो असर पारेको उल्लेख छ ।
किसानले खेतमा सुकाएका तथा काट्न ठिक्क भएका धानहरूमा क्षति पुगेको र धेरै ठाउँमा धान खेतमै ढलेर कुहिने अवस्थामा पुगेको जनाइएको छ ।
तराई तथा मध्य पहाडी इलाकाबाट प्राप्त सूचना अनुसार उत्पादनमा करिब १० देखि १५ प्रतिशतसम्म क्षति हुने अनुमान महासङ्घले गरेको छ ।
विज्ञप्तिमा असार–साउनमा पर्याप्त वर्षा नभएपछि रोपाइँ ढिलो भएको र अहिले काट्ने बेलामा आएको भारी वर्षाले धान खेतमै भिजेर व्यापक क्षति पुगेको कुरा पनि उल्लेख छ ।
महासङ्घले प्राकृतिक विपद्बाट भएको किसानको उत्पादन क्षतिप्रति दुःख व्यक्त गर्दै वास्तविक तथ्याङ्क सङ्कलन गरी तत्काल राहत तथा क्षतिपूर्तिको लागि जोडदार माग गरेको छ ।
दीर्घकालीन समाधानतर्फ, महासङ्घले समयमा पानी नपरी बाली लगाउन नपाउनु, बेमौसमी वर्षाले बाली भित्र्याउन नपाउनु, जलवायु परिवर्तनजन्य प्रकोप, बाढी, पहिरो र डुबान जस्ता बर्सेनि दोहोरिने विपत्तिको यथार्थतालाई ध्यान दिनुपर्नेमा जोड दिएको छ ।
यस्ता विपत्तिबाट अर्थतन्त्रको मुख्य क्षेत्र कृषि र किसानहरू बढी प्रभावित हुने अवस्थालाई स्वीकार गर्दै क्षतिलाई न्यूनीकरण गर्न प्राकृतिक प्रकोपबाट जोगिन आवश्यक पूर्वतयारीका योजना बनाउन राज्यले लगानी गर्नुपर्ने र क्षति कम गर्ने उपायहरू अवलम्बन गर्नुपर्ने माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण