ईःईः ले उठाए बालेन नेतृत्वमाथि गम्भीर प्रश्न, भने– महामेयरको काम ‘पीआर’ सिर्जना मात्र
काठमाडौँ । सामाजिक अभियान्ता ईःईःले काठमाडौँ महानगरपालिकाका प्रमुखको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठाएका छन् ।
ईःईःले मेयर बालेन शाहलाई पीआर सिर्जना र ब्रान्डका रूपमा व्याख्या गरेका छन् । महानगरमा भएका सुधारिएको डेलिभरी र ९० प्रतिशत नवीन पहलकदमीको श्रेय पनि उनले ‘अद्भूत राजनीतिक प्रक्षेपण क्षमता भएका रणनीतिकार’ कुमार र सारथी श्री भूपदेवको नेतृत्वमा रहेको सचिवालय टोलीलाई दिएका छन् ।
ईःईःका अनुसार महानगरमा भएका एडभेन्चुरिस्ट प्रयोग र तिनको जसअपजसको हकदार वस्तुगत रूपमा यही समूह हो । मेयरको सुसज्जित स्टाटस पनि सोही टोलीको कीर्ति भएको ईःईःको भनाइ छ ।
उनले मेयरको काव्यिक बीभत्सता र चेतावनी शैलीलाई भने अर्ग्यानिक मानेका छन् । अभियन्ता ईःईःले महामेयर मेयरमात्र नभई ब्रान्ड भएको कुरा शतप्रतिशत सही भएको दोहोर्याएका छन् ।
साथै आफूले यो कुरा परार साल पनि भनेको तर त्यसबेला धेरै पत्याउन तयार नभएका लेखेका छन् । तर अहिले आएर यी सबै कुरा छरपस्ट भएको उनले आइतबार साँझ फेसबुकमा उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण