फेब्रुअरीदेखि बेपत्ता ठकुरीको शव न्युयोर्कमा फेला, अन्तिम संस्कारका लागि सहयोगको अपिल
सारांश
- अमेरिकामा ११ वर्षदेखि बस्दै आएका झापाका धनबहादुर ठकुरीको निधन भएको छ।
- परिवारको आर्थिक अवस्था कमजोर भएकाले एनआरएनए लगायतका संघसंस्थाले सहयोगको अपिल गरेका छन्।
- अन्तिम संस्कारका लागि गो फन्ड मीमार्फत २० हजार डलर उठाउन अभियान सुरु गरिएको छ।
न्युयोर्क। गत फेब्रुअरी महिनादेखि बेपत्ता रहेका झापा जिल्ला, दमक-८ स्थायी घर भई ११ वर्षदेखि अमेरिकामा बस्दै आएका धनबहादुर ठकुरी (प्रशान्त ठकुरी) को निधन भएको खबरले न्युयोर्कस्थित नेपाली समुदाय स्तब्ध बनेको छ। धेरै खोजीपछि हालै उनको शव क्विन्सको चिकित्सा शव परीक्षण केन्द्रमा रहेको पत्ता लागेको हो।
नेपाली महावाणिज्यदूतावासमार्फत यो दुःखद खबर सार्वजनिक भएपछि उनको परिवार शोकमग्न छ। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनको अन्तिम संस्कार विधिपूर्वक सम्पन्न गर्न समस्या देखिएको छ।
यस दुःखद घडीमा सहयोग जुटाउन गैर आवासीय नेपाली संघ (एनआरएनए) न्युयोर्क च्याप्टर, दर्शन ठकुरी समाज अमेरिका र झापाली समाज अमेरिकाले संयुक्त रूपमा पहल गरेका छन्। उनीहरूले गो फन्ड मीमार्फत अन्तिम संस्कार र अन्य व्यवस्थापनका लागि २० हजार डलरको आर्थिक सङ्कलन अभियान चलाएका छन्।
आयोजकहरूले सम्पूर्ण नेपाली संघसंस्था, समाजसेवी तथा समुदायका सदस्यहरूलाई यो मानवीय कार्यमा सहभागी भई सक्दो सहयोग गर्न अनुरोध गरेका छन्। स्वर्गीय ठकुरीकी श्रीमती र दाजु अन्तिम संस्कारमा सहभागी हुन अमेरिका आउने भिसा प्रक्रियामा रहेको र उनीहरू न्युयोर्क आइपुगेपछि धार्मिक विधिअनुसार अन्तिम दाहसंस्कार गरिने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण