बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

परिवारमा मुटु रोगको इतिहास छ ? यी ५ लक्षणलाई कहिल्यै बेवास्ता नगर्नू

सोमबार, १७ कात्तिक २०८२, ०७ : १२
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • हृदय रोगको पारिवारिक इतिहास भएका व्यक्तिहरूले ४५ वर्षको उमेरदेखि मुटुको स्वास्थ्य जाँच गराउनुपर्छ।
  • धूम्रपान नगर्ने, नियमित व्यायाम गर्ने, सन्तुलित तौल कायम राख्ने, रक्सी कम गर्ने जस्ता जीवनशैली परिवर्तनले जोखिम कम गर्न सकिन्छ।
  • मुटु रोगको जोखिम कम गर्न फलफूल, तरकारी, सम्पूर्ण अन्न, माछा, र कम फ्याट भएका दुग्धजन्य पदार्थ सेवन गर्नु लाभदायक हुन्छ।

काठमाडौँ । परिवारमा नजिकका कोही आफन्तलाई हर्ट अट्याक वा स्ट्रोकका कारण मृत्यु भएको छ भने सो परिवारमा हृदय रोगको इतिहास छ भन्ने सङ्केत गर्छ ।

पारिवारिक इतिहासमा हृदय रोग हुँदा यस खालको जोखिम धेरै तरिकाले बढाउँछ । यस्तोमा विज्ञहरूले ४५ वर्षको उमेरदेखि नै मुटुको स्वास्थ्य जाँच गराउन भन्छन् ।

हामी आफ्नो पारिवारिक इतिहास त परिवर्तन गर्न सक्दैनौँ, तर जीवनशैलीमा केही सकारात्मक परिवर्तनहरू गरेर आफ्नो जोखिम कम भने गर्न सक्छौँ । 

यी लक्षणलाई गर्नु हुन्न बेवास्ता 

  1. छातीमा पीडा वा बेचैनी
  2. सास फेर्न कठिनाइ 
  3. काँध, पीठ्यू, गर्दन वा च्यापुमा पीडा 
  4. चक्कर आउनु 

के गर्ने ?

  • धूम्रपान नगर्ने 
  • नियमित रूपमा व्यायाम गर्ने 
  • तौल सन्तुलित राख्ने 
  • रक्सीको सेवन सकेसम्म नगर्ने वा कम गर्ने 
  • मानसिक स्वास्थ्यलाई ध्यान दिने 
  • ब्लड प्रेसर वा कोलेस्ट्रोललाई नियन्त्रित राख्ने 
  • मधुमेह ठिक अवस्थामा राख्ने 
  • आनुवंशिक परीक्षण गराउनुस् 

मुटु रोगको लागि आनुवंशिक परीक्षण गराउनेबारे आफ्नो डाक्टरसँग कुरा गर्नुस् । कार्डियोमायोप्याथी र एरिथमिया जस्ता मुटुसँग सम्बन्धित समस्या छन् कि भनेर परीक्षण गर्न सकिन्छ । यसमा रगत वा र्‍यालको नमुना दिनु पर्छ । जसले जीनमा हुने म्युटेसन पत्ता लगाउन सक्छ । 

मुटु स्वास्थ्यको लागि आहार:

मुटु रोगको पारिवारिक इतिहासले रोगको जोखिम बढाए पनि तपाईंले आफ्नो आहार मार्फत यसलाई कम गर्न सक्नुहुन्छ । स्याचुरेटेड फ्याट, ट्रान्स फ्याट कोलेस्ट्रोल, ,चिनी र नुनको उच्च मात्राले मुटु रोगको जोखिम बढाउँछ । आफ्नो आहारमा निम्न कुराहरू समावेश गर्नु फाइदाजनक हुन सक्छ:

  • फलफूल र तरकारीहरू
  • जौ, ब्राउन राइस, र क्विनोआ जस्ता सम्पूर्ण अन्नहरू
  • माछा
  • कम फ्याट भएका दुग्धजन्य पदार्थ
  • बदाम र बियाहरू
  • तोरी वा जैतुन लगायत कम स्याचुरेटेड फ्याट भएको तेल

सक्रिय रहँदा पनि मुटु रोगको जोखिम कम गर्न सकिन्छ 

२०१८ को बेलायतमा भएको एक अध्ययनमा हृदय रोगको पारिवारिक इतिहास छ भने पनि शारीरिक रूपमा बढी सक्रिय रहने मानिसहरूलाई हृदयाघात वा स्ट्रोकको जोखिम कम भएको पाइएको थियो । शारीरिक रूपमा सक्रिय व्यक्तिहरूको मुटु निम्नद्वारा सुरक्षित हुन्छ:

  • रक्तचाप नियन्त्रणमा रहन्छ
  • खराब कोलेस्ट्रोलको स्तर घट्छ
  • तौल घटाउन मद्दत गर्छ
  • कोषहरूले इन्सुलिन राम्रोसँग प्रयोग गर्छन्

यी चिजमाथि राख्नुस् नजर 

उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र टाइप २ मधुमेह हृदय रोगसँग जोडिएका छन् । यी समस्याहरूमा नजर राख्नाले तिनीहरूलाई नियन्त्रणमा राख्न मद्दत मिल्दछ । नियमित रूपमा आफ्नो डाक्टरलाई भेट्नुस् । आफ्नो तौल कति छ भनेर बेला बेला हेर्नुस् । यसबाहेक तपाईंले निम्न कुराहरूमा पनि ध्यान दिन आवश्यक छ:

  • एचडीएल र एलडीएल कोलेस्ट्रोलको मात्रा 
  • रक्तचाप
  • ट्राइग्लिसराइड्स
  • ब्लड सुगर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप