फेरि सर्यो फिल्म अभिमन्युको रिलिज मिति, अब कहिले ?
सारांश
- चलचित्र 'अभिमन्यु : च्याप्टर १' को प्रदर्शन पटक-पटक स्थगित भएको छ।
- जेनजी आन्दोलन, वर्षा र हलको शोका कारण फिल्मको रिलिज मिति सरेको हो।
- निर्माताका अनुसार, अब छिट्टै नयाँ प्रदर्शन मिति तय हुनेछ।
काठमाडौँ । फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन फेरि सरेको छ । पहिलोपटक भदौ २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भनिएको फिल्म जेनजी आन्दोलन, अविरल वर्षा लगायत विभिन्न कारणले सरेर कात्तिक २१ गतेका लागि तोकिएको थियो ।
अहिले यो मितिमा पनि फिल्म रिलिज नहुने भएको छ । फिल्मका निर्माता विनोद पौडेलले हलको शोको कारण फिल्मको प्रदर्शन कात्तिक २१ मा पनि स्थगित गरिएको जानकारी दिए ।
‘कहिले जेनजी आन्दोलन, कहिले अविरल वर्षा र त्यसले विभिन्न ठाउँमा पुर्याएको क्षतिका कारण सरेको फिल्म अहिले हलले शो नदिएको कारण सरेको छ’, निर्माता पौडेलले भने– ‘अब रिलिज नसर्ने गरेर हलसँग कुराकानी गरिरहेका छौँ । छिट्टै रिलिज मिति तय हुन्छ ।’
रिलिज मिति छलफलमै रहेकोले फिल्म यो समय लाग्ने भनेर भन्न नसकिने पौडेलको भनाई छ । फिल्मको प्रदर्शन मिति परिवर्तन भएको यो चौथो पटक हो । भदौ २७ गतेबाट जेनजीको आन्दोलनका कारण सरेर यो फिल्म असोज १३ गते फूलपातीका दिन पुगेको थियो ।
यो मितिमा पनि तीन फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ रहेको भन्दै सरेर असोज २४ गते प्रदर्शन मिति तोकिएको थियो । असोज २४ बाट पनि देशभरमा परेको अविरल वर्षा र त्यसले विभिन्न ठाउँमा पुर्याएको क्षतिका कारण देखाएर २१ कातिकमा सारिएको थियो ।
नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुन लागेको फिल्म सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको हो । फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देलको मुख्य भूमिका छ ।
फिल्म सुशान्त गौतमले निर्देशन गरेका हुन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्मको रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता, विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्मातामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण