महानगरले भत्काउन खोजेको थापाथलीस्थित ट्राफिक कार्यालयमा पुगे गृहमन्त्री
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भत्काउन खोजेको थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागमा पुगेर गृहमन्त्रीले निरीक्षण गरेका छन् । सोमबार गृहमन्त्री ओमप्रकाश अर्याल थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागमा पुगेका हुन् ।
सार्वजनिक जग्गा अतिक्रमण गरेर ट्राफिक प्रहरी कार्यालय खडा गरिएको भन्दै महानगरले आइतबार डोजर पठाइको थियो । तर, जिल्ला प्रशासन कार्यालयले स्थानान्तरण गर्न समय लाग्ने भन्दै तत्काल नभत्काउन पत्राचार गरेपछि महानगरको डोजर फर्किएको थियो ।
ट्राफिक प्रहरी प्रभागको निरीक्षण गर्दै गृहमन्त्री अर्यालले प्रहरी कार्यालयमा आक्रमण खोज्नु अपराध जन्य काम भएको बताए । उनले भने– ‘प्रहरी कार्यालयमा आक्रमण गर्नु उचित होइन ।’
निरीक्षणको क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले माइतीघर, थापाथली त्रिपुरेश्वर र सुन्धारा क्षेत्रको ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी रहेको थापाथली ट्राफिक प्रहरी प्रभागको वैकल्पिक व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘विकल्प नखोजीकन यहाँबाट अहिले हट्ने अवस्था छैन ।’
गुठी संस्थानको अनुमतिमा २०३१ देखि ट्राफिक प्रहरी थापाथलीमा बस्दै आएको थियो । गृहमन्त्री अर्यालले प्रहरी प्रभाग कालीमाटी र बालाजुको पनि निरीक्षण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण