दक्षिणपन्थी टकरावबाट फासिस्ट शक्ति जन्मने डर छ
सारांश
- लेखकले जेनजी पुस्ताका युवाहरूसँगको संवादमा उनीहरूको परिपक्वता देखेको कुरा व्यक्त गरे।
- उनले नेपालमा वामपन्थी राजनीतिक दलको अभाव र पुरानै शैलीका पार्टीको आवश्यकतामाथि प्रश्न उठाए।
- लेखकले युवा पुस्तालाई राजनीतिक संगठन निर्माण गर्न र दक्षिणपन्थी शक्तिहरूसँग सचेत रहन सुझाव दिए।
जेनजी पुस्ताका साथीहरूसँग संवाद गर्दैगर्दा नयाँ कुरा के पो भनिएला र भनि बाटोमा डराई–डराई आइरहेको थिएँ । तर, जेनजी पुस्ताका साथीहरूको कुरा सुनेपछि उहाँहरूको विचारमा, जुन प्रकारको परिपक्वता देखेँ, त्यसपछि मलाई अलिअलि जाँगर आयो । उहाँहरूलाई धन्यवाद !
मैले दुई विषयमा आफ्ना कुरा राख्नेछु । राजनीतिक रूपमा नेपालमा हाल मध्यमार्गी र मध्य दक्षिणपन्थी राजनीतिक पार्टीहरू छन् । तर, मलाई लाग्छ यहाँ कुनै पनि वामपन्थी पार्टी छैनन् । वामपन्थी राजनीतिक एजेन्डा बोकेका र त्यसप्रति सकारात्मक रहेका राजनीतिक दलहरूको अभाव देखिन्छ ।
पछिल्लो आन्दोलनले वर्तमान राजनीतिक दलहरूमा विघटन, अन्तर्विरोध र पुनर्गठनको प्रक्रियाले धक्का दिइरहेको छ । तर यिनीहरूले आफूलाई परिमार्जित गरेर अघि बढ्छन् भन्नेमा मलाई विश्वास छैन । मलाई के पनि विश्वास छैन भने वामपन्थी भनिएका दलहरूको वामपन्थीकरण हुन्छ ।
अब पुरानै खालका पार्टी, उनीहरूको संगठनात्मक शैली, संरचना र त्यसले जन्माउने नेताको आवश्यकता पर्छ भन्ने मलाई लाग्न छाडेको छ ।
यिनीहरूलाई सुधार्ने दुई विकल्प छन् । पहिलो, त्यहीँ भित्र प्रवेश गरेर त्यसको राजनीतिलाई फेर्ने । दोस्रो, समानान्तर क्रान्तिकारी एजेन्डा बोक्ने पार्टी, संगठनको निर्माण गर्ने । मसँग १०–११ वर्ष भूमिगत राजनीतिक दलसँग जोडिएर काम गरेको अनुभव छ । मैले भूमिगत पार्टीको खुला राजनीतिक मोर्चामा काम गरेँ । हामीले रात–दिन गरेर संगठन बनायौँ । अनेकौँ मानिसलाई संगठनमा जोड्यौँ । त्यसैको बलमा ०४६ सालको आन्दोलन भयो । माओवादी आन्दोलन पनि त्यसरी नै भएको हो ।
तर पछिल्लो आन्दोलन सामाजिक सञ्जालमा हल्ला गरेकै भरमा ३६ घण्टामै सबै परिवर्तन भइदिने स्तरमा पुग्यो । भनेपछि अब पुरानै खालका पार्टी, उनीहरूको संगठनात्मक शैली, संरचना र त्यसले जन्माउने नेताको आवश्यकता पर्छ भन्ने मलाई लाग्न छाडेको छ । अब अलिक आधुनिक पेशेवर राजनीतिक कार्यकर्ताको खाँचो पर्छ । पेशेवर राजनीतिक कार्यकर्ता भएनन् भने पार्टी चल्दैन तर सबै पेशेवर कार्यकर्ता भए भने पनि पार्टी चल्न सक्दैन ।
त्यसकारण आधुनिक ढंगको पार्टी, जसले अहिलेको ज्ञान र प्रविधिलाई संयोजन गर्न सक्छ, त्यस्तो खाले क्रान्तिकारी तप्काले राजनीतिक शक्ति आर्जन गर्छ भन्ने लाग्न थालेको छ । यसबिच राजनीतिक रूपमा दक्षिणपन्थतर्फ ढल्केका शक्तिलाई पनि समाजमा आफ्नो अस्तित्व रक्षाका लागि थोरै वामपन्थतर्फ ढल्किनु पर्ने बाध्यता हुन्छ । जसरी दक्षिणपन्थतर्फ ढल्केका शक्तिहरू थोरै वामपन्थतर्फ ढल्किदा देशमा गणतन्त्र आयो ।
जेनजीका साथीहरू विभिन्न पार्टी खोलेर चुनावमा जाने भन्दै हुनुहुन्छ । तर संगठन निर्माण गर्नतर्फ लाग्नु भएन भने त्यसले कुनै खास परिणाम नदिन सक्छ ।
त्यसैले अब त्यो बाटो समाएर पार्टी बन्न सक्यो भने पुराना पार्टीका केही नेताहरू सुध्रेलान्, सुध्रेकाहरूबिच एकता हुँदै जाला । यदि अर्को क्रान्तिकारी राजनीतिक शक्ति स्थापित गर्ने हो भने जेनजीका साथीहरू राजनीतिक ढङ्गले संगठित हुनुपर्ने र संगठन निर्माण गर्नुपर्ने हुन्छ ।
यतिबेला जेनजीका साथीहरू विभिन्न पार्टी खोलेर चुनावमा जाने भन्दै हुनुहुन्छ । तर संगठन निर्माण गर्नतर्फ लाग्नु भएन भने त्यसले कुनै खास परिणाम नदिन सक्छ । किनभने यो निर्वाचनले खासै ठुलो रूपान्तरण ल्याउँछ भन्ने देखिँदैन । हालका लागि निर्वाचनबाट ठुला भनिएका राजनीतिक दलका केही नेताहरूले हार्लान्, धेरै खाले पार्टीहरूको प्रतिनिधित्व होला तर त्यसपछि संविधान संशोधन गरेर देश अर्को बाटोमा जान्छ । त्यसपछि जेनजीका साथीहरूको कुनै नामो निशान नरहन सक्छ ।
त्यसैले तपाईँहरूले अलिकति पनि राजनीतिक जिम्मेवारी बोध गर्नु भएको छ भने यो आन्दोलनको एजेन्डालाई संस्थागत गर्न व्यवस्थित ढङ्गले काम गर्नुपर्ने हुन्छ । त्यसका लागि राजनीतिक संगठन चाहिन्छ । विचारधारा चाहिन्छ । स्पष्ट कार्यक्रम चाहिन्छ ।
अहिले जेनजीको खलनायकीकरण सुरु भएको छ । केही आपराधिक पृष्ठभूमिका मानिस त्यसमा सामेल पनि थिए तर समग्रमा यो नेपाली युवाहरूकै विद्रोह थियो । विद्रोह माने विद्रोह हो ।
यसका साथै युवा पुस्ताका साथीहरूले ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा के छ भने कुनै पनि परिवर्तन ठ्याक्क सोचे जस्तो बनिबनाउ हुँदैन । आन्दोलनका क्रममा विभिन्न पात्र, प्रवृत्ति, चरित्रहरू देखा पर्छन् । विभिन्न शक्ति केन्द्र, स्वार्थ समूहहरू खेल्न थाल्छन्, यो स्वाभाविक हो । त्यसैले अब के गर्ने ? कहाँ जाने ? लक्ष्य कसरी हासिल गर्ने आदि विषयमा राजनीतिक सुझबुझको खाँचो पर्छ ।
दक्षिण एसियामा नेपाल मात्रै त्यस्तो देश हो, जहाँ अलिक बढी डेमोक्रेटिक स्पेस छ । त्यो डेमोक्रेटिक स्पेस जोगाउन सकिन्छ कि सकिँदैन ? चुनाव हुन्छ वा हुँदैन । द्वन्द्वको व्यवस्थापन कसरी होला ? चुनाव हुनुपर्छ भन्ने हाम्रो सदिच्छा हुन सक्छ । तर चुनाव हुन्छ वा हुँदैन भन्ने प्रश्न अझै पनि महत्त्वपूर्ण प्रश्न हो । राजनीतिक शक्ति कसको हातमा जान्छ भन्ने त्यसैले निर्धारण गर्छ ।
अहिले जेनजीको खलनायकीकरण सुरु भएको छ । केही आपराधिक पृष्ठभूमिका मानिस त्यसमा सामेल पनि थिए तर समग्रमा यो नेपाली युवाहरूकै विद्रोह थियो । विद्रोह माने विद्रोह हो । यसले वर्षौँको आक्रोशलाई सडकमा विस्फोट गरिदिएको हो । यसले पुरानो थितिलाई भत्काउने प्रयास गरेको हो ।
यति हुँदाहुँदै पनि मलाई के डर छ भने विद्रोहको खलनायकीकरण गर्ने र त्यसलाई उपयोग गरेर शक्ति आर्जन गर्ने दुवै दक्षिणपन्थी शक्तिहरू बिच द्वन्द्व होला अथवा ध्रुवीकरण बढ्दै गएर हाम्रो त्यो डेमोक्रेटिक स्पेस खुम्चेला भन्ने डर छ । अहिले नेपालका वाम र मध्यमार्गी शक्ति दुवै कमजोर छन् ।
यो दुवै शक्ति कमजोर हुँदा दक्षिणपन्थी टकराबको बिचबाट फासिस्ट शक्ति जन्मने डर पनि हुन्छ । यसबाट जोगिनका लागि अर्को एउटा राजनीतिक शक्तिले ठाउँ पाउनै पर्छ । र, भइरहेका शक्तिहरूको पुनर्गठनले स्पष्ट आकार लिएछ भने त्यसलाई बल पुर्याउनु पर्छ ।
(‘जेनजी विद्रोह र अबको बाटो’ विषयक अन्तर्क्रियामा सुवेदीले राखेको धारणा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण