१० करोड कमाउने अनमोलको पहिलो फिल्म बन्यो ‘जेरी अन टप’
सोमबार, १७ कात्तिक २०८२, १४ : ५३
काठमाडौँ । अनमोल केसी अभिनित फिल्म ‘जेरी अन टप’ले १० करोड बढीको व्यवसाय गर्न सफल भएको छ । फिल्मले प्रदर्शनको १६ दिनसम्म देशव्यापी १० करोड ५१ लाख ४८ हजार बढीको व्यववसाय गरेको चलचित्र विकास बोर्डको सोमबार सार्वजनिक गरेको बक्स अफिसमा उल्लेख छ ।
फिल्मले सोही अवधिसम्म ३ लाख ३३ हजार वटा टिकट बिक्री गरेको छ । बक्सअफिसमा कात्तिक १५ गतेसम्मको रिपोर्ट सार्वजनिक गरिएको हो ।
सुयोग गुरुङ निर्देशित हिमाल आरोहणको कथामा बनेको फिल्ममा अनमोलका अलवा आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे र भुवन केसीको पनि मुख्य भूमिका छ ।
हुन त निर्माण युनिटले शुक्रबार नै फिल्मले १० करोड व्यापारको आँकडा पार गरेको भन्दै केकसमेत काटेको थियो । सो अवसरमा अभिनेता अनमोलले फिल्म सफल हुनुको कारण टिमवर्क बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण