अमेरिकासँग यूएईको २४३ रनको लज्जास्पद हार
सारांश
- आईसीसी विश्वकप लिग २ मा यूएईलाई अमेरिकाले २४३ रनले पराजित गर्यो।
- अमेरिकाले पहिले ब्याटिङ गर्दै २९३ रन बनायो, जसमा मुकमल्ला र कुमारले शतक बनाए।
- यूएई ४९ रनमै अलआउट भयो, जसमा सिद्दिकीले सर्वाधिक १० रन बनाए।
- अमेरिकाका ऋषि उगरकरले ५ विकेट लिए भने सौरभ नेत्रवल्करले ३ विकेट लिए।
काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले अमेरिकासामु लज्जास्पद हार बेहोरेको छ ।
अमेरिकाले यूएईलाई २४३ रनको विशाल अन्तरले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा मात्र ३ विकेट गुमाएर २९३ रनको विशाल योगफल खडा गरेको थियो । अमेरिकाका लागि सइतेजा मुकमल्ला र मिलिन्द कुमारले उत्कृष्ट प्रदर्शन गर्दै शतक प्रहार गरे । मुकमल्लाले १४९ बलमा १३७ रन बनाए भने मिलिन्द कुमारले १२५ बलमा १२३ रनको योगदान दिए, दुवै ब्याटर अविजित रहे ।
२९४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको यूएईको ब्याटिङ लाइनअप पूर्ण रूपमा ध्वस्त भयो । यूएई २२.१ ओभरमा मात्र ४९ रनमा अलआउट हुँदै इतिहासकै कमजोर प्रदर्शनमध्ये एक गर्न पुग्यो ।
यूएईका तीन ब्याटरले रनको खाता खोल्न सकेनन् भने दुई जनाले मात्र एक-एक रन जोडे । यूएईका लागि आठौं विकेट पतन भएपछि क्रिजमा आएका जुनैद सिद्दिकीले सर्वाधिक १० रन बनाएका थिए । उनका अतिरिक्त कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ अमेरिकाका ऋषि उगरकरले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक पाँच विकेट लिए । उनले ८.१ ओभरमा एक मेडन राख्दै २२ रन खर्चिए । त्यस्तै, सौरभ नेत्रवल्करले पनि धारिलो बलिङ गर्दै ३ विकेट हात पारे । नेत्रवल्करले आठ ओभर बलिङ गर्दै चार मेडन राखेर मात्र चार रन खर्चिए ।
यस हारसँगै यूएईको विश्वकप लिग २ को यात्रामा धक्का लागेको छ । अब यूएईले आफ्नो अर्को खेल बुधबार नेपालसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण