प्रदूषण जाँचमा फेल भएका सवारीसाधन नियन्त्रणमा लिँदै प्रहरी
सोमबार, १७ कात्तिक २०८२, १९ : ०२
काठमाडौँ । प्रदूषण जाँचमा फेल भएका सवारीसाधनलाई ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ ।
प्रदूषण जाँचमा फेल भएका ३७ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
१६ वटा भाडाका बस, ४ वटा स्कुल बस, १४ वटा पिकअप भ्यान, एउटा भाडा कार र २ वटा निजी कार ट्राफिकले नियन्त्रणमा लिएको छ । ती सवारी साधनलाई यातायात व्यवस्था ऐन, २०४९ अनुसार जरिवाना गरिने एसपी सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण