मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते
सोमबार, १७ कात्तिक २०८२, २२ : १५
सारांश
- अर्घाखाँचीको दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
- दुर्घटनामा परी पानीनी गाउँपालिकाका १८ वर्षीय गौतम विक र २४ वर्षीय सागर विकको मृत्यु भयो।
- घाइते भएका २५ वर्षीय सन्तोष घर्तीलाई थप उपचारका लागि पाल्पा रेफर गरिएको छ र घटनाको अनुसन्धान भइरहेको छ।
अर्घाखाँची । यहाँको दुर्गाफाँटमा आज बेलुका भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।
पाणीनी गाउँपालिका–३ दुर्गाफाँटमा साँझ निगालीबाट दुर्गाफाँटतर्फ आइरहेको ना३६प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक पाणिनी –४ निगालीका १८ वर्षीय गौतम विक र सोही मोटरसाइकलमा सवार २४ वर्षीय सागर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिवस जिसीले जानकारी दिए ।
सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष घर्तीको गुल्मीको खज्र्याङमा रहेको अस्पतालमा उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ । एउटै मोटरसाइकलमा तीन जना सवार रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण