हाम्रो झण्डामा रहेको पाँच कुने तारा अन्य दललाई चुनाव चिन्ह नदिनु : जसपा नेपाल
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो झण्डामा प्रयोग भएको पाँच कुने तारा चिन्ह अन्य कुनै राजनीतिक दललाई निर्वाचन चिन्ह वा अन्य चिन्हको रूपमा प्रयोग नगर्न आग्रह गरेको छ । जसपाका प्रवक्ता मनिष कुमार सुमनले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन् ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६ (१) (ङ), दफा (९) र दफा ५४ (७) (क) विपरीत जसपाको झण्डामा रातो पृष्ठभूमिमा अङ्कित पाँच कुने तारालाई अन्य कुनै राजनीतिक दलले आफ्नो चुनाव चिन्ह दाबी गर्ने सम्बन्धी सार्वजनिक सञ्चार माध्यमहरूमा प्रकाशित समाचारहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
जसपाले आफ्नो झण्डामा प्रयोग गरी आएको उक्त पाँच कुने तारा चिन्ह अन्य कुनै राजनीतिक दललाई निर्वाचन चिन्ह वा अन्य चिन्हको रूपमा प्रयोग नगर्न हुन आग्रह गर्दै यस सम्बन्धमा निर्वाचन आयोगसमेतको ध्यानाकर्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण