कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ११ जनाले राखे धारणा
मङ्गलबार, १८ कात्तिक २०८२, १८ : ३७
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा ११ जनाले धारणा राखेका छन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय,सानेपामा बसेको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठलगायत केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका हुन् ।
बैठकमा कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आ–आफ्नो धारणा राखेका हुन् ।
गत असाेज २८ गतेदेखि सुरु कार्यसमितिको बैठक बुधबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः बस्नेछ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण