सुरक्षा ‘थ्रेट’ले अघिल्लो महिना स्थगित गण्डकीको संसद् बैठक २४ गते बस्ने
पोखरा । जेनजी आन्दोलनका क्रममा गण्डकीको प्रदेश सभा र परिसरका सबै संरचनाहरू जलेका छन् ।
नियमित बैठक बस्दै आएको प्रदेश सभा भवन अहिले खरानी बनेको छ । जसका कारण सोही ठाउँमा बैठक बस्न सक्ने अवस्था छैन । भदौ २४ गते भएको तोडफोड र आगजनीका कारण संसद् बैठक बस्ने अवस्था पनि बनेन ।
आन्दोलनको एक महिनापछि असोज २२ गते संसद् बैठक सभामुखले बोलाए । तर, बैठकमा प्रस्तुत गर्ने एजेण्डाबारे छलफल गर्न डाकिएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसदहरूले नै सुरक्षा ‘थ्रेट’ महसुस गरेपछि तयारी नपुगेको भनेर बैठक स्थगित गरियो । सभामुख कृष्ण धितालले तयारी नपुगेको भनेपनि मुख्य कारण सुरक्षा ‘थ्रेट’ थियो ।
स्रोतका अनुसार प्रदेश प्रहरी कार्यालयले पनि सुरक्षा चुनौती हुन सक्ने भन्दै सरकार र संसद्लाई अनौपचारिक जानकारी गराएको थियो । कार्य व्यवस्थामा सहभागी सांसदहरूले चाहिँ अत्यावश्यक बैठक बस्नुपर्ने कारण नभएकोले स्थगित गरिएको बताएका थिए । नयाँ बिजनेस थप नहुँदै अहिले पुनः १ महिनापछि बैठक डाकिएको छ ।
कार्तिक २४ गते दिउँसो १ बजे बस्ने गरी सभामुखले बैठक आह्वान गरेका हुन् । असोज २२ गते दिउँसो १ बजेका लागि तोकिएको बैठक ‘विशेष कारणवश’ अर्को सूचना नभएसम्मका लागि भन्दै स्थगित गरिएको थियो । बैठक पोखराको मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्नेछ ।
बैठकका लागि आवश्यक सामग्री र उपकरणहरू भाडामा ल्याएर तयार गरिएको संसद् सचिवालयले जनाएको छ । प्रदेश सभा सचिव गोविन्द पौडेलले बैठकका एजेण्डा तय भइनसकेको बताए । यही बैठकमा प्रदेश सरकारले गाँजा खेती सम्बन्धी विधेयक ‘टेबुल’ गर्नेछ । लगातार ३ दिनसम्म बैठक बसेर बर्खे अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण