एकीकृत समाजवादीका नेताहरूलाई योगेशले भने– हामी स्वागत गर्न तयार छौँ
सारांश
- एमाले सचिव योगेश भट्टराईले एकीकृत समाजवादीका नेताहरूलाई एमालेमा स्वागत गर्न तयार रहेको बताए।
- उनले जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धतालाई एकताको मुख्य आधारको रूपमा उल्लेख गरे।
- भट्टराईले एमालेमा समाहित हुनु कुनै सर्तभन्दा माथिको महत्वको विषय भएको बताए।
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेमा समाहित हुने तयारीमा रहेका नेकपा एकीकृत समाजवादीका नेताहरूलाई आफूहरू स्वागत गर्न तयार रहेको बताएका छन् ।
उनले भनेका छन्– 'पार्टी अध्यक्ष, महासचिव लगायत हामी सबैले यहाँहरूलाई नेकपा एमालेमा समाहित हुन आह्वान गरिसकेका छौ । तपाईंहरुलाई स्वागत गर्न हामी तयार छौँ । '
जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै एकताको मुख्य आधार भएको उनले उल्लेख गरेका छन् । उनले भने– 'नीति र नेतृत्व स्वीकार गर्नु पर्ने सर्त पनि सुनियो । नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र ? यो भनिरहनु पर्ने विषय नै होइन । जबज हाम्रो सिद्धान्त हो, नीति हो । तपाईँ हाम्रो साझा प्रयत्नले यसलाई थप परिष्कृत र समृद्ध बनाउने हो । '
भट्टराईले थप भनेका छन्–'प्रतिस्पर्धाबाट छानिएको नेतृत्व हाम्रो एकताको आधार हो । पार्टीको ११ औ महाधिवेशनको मिति घोषित छ । महाधिवेशन पूर्व नीति र नेतृत्वको बहस गर्ने वैधानिक अभ्यास पाँचौँ महाधिवेशनबाटै स्थापित गरिएको छ । यो पार्टी जीवनको लोकतान्त्रीकरणको महत्त्वपूर्ण आयाम पनि हो । अमुक नेतालाई जिताऊनै पर्ने पूर्व सर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै विवेकको विषय हो । तर एमालेमा समाहित हुनु कुनै सर्तभन्दा पनि माथिको महत्वको सवाल हो । एमालेमा तपाईँहरूको सहभागिताबाट कुन नेतालाई फाइदा हुन्छ या हुन्न ? कुन नेताले जित्छ या हार्छ ? यो गौण हो । हामी चाहन्छौ हाम्रो सहकार्यले नेपाल राष्ट्रले जित्नु पर्छ, नेपाली जानताले जित्नु पर्छ र नेकपा एमालेले जित्नु पर्छ । त्यसका खातिर हामी हजार पटक हार्न तयार छौ । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको व्याख्याः मतियारलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न मुख्य कसुरमा मुद्दा चल्न पर्छ भन्ने छैन
-
सरकारले विश्वविद्यालयमा कस्तो नेतृत्व खोजेको हो ?
-
इप्पानको नयाँ कार्यसमितिले लियो शपथ
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण