कम्युनिस्टहरूबीच रुपान्तरणसहितको एकीकरण आवश्यक : सुवेदी
सारांश
- माओवादी नेता लोकनारायण सुवेदीले देश र जनताको हितका लागि क्रान्तिकारी एकीकरण आवश्यक रहेको बताए।
- उनका अनुसार दलाल पुँजीपति वर्गको सत्तामा जनताको हित हुँदैन, त्यसैले सरकारमा सहभागी हुनुहुँदैन।
- सुवेदीले चुनावलाई जनतासँग सम्बन्ध बनाउने अवसरका रूपमा लिनुपर्ने र कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक रहेको बताए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवं माओवादी जनयुद्ध थालनीकालका केन्द्रीय नेता लोकनारायण सुवेदीले देश र जनताको मुक्ति, समानता र समृद्धिका लागि अब रुपान्तरणसहितको क्रान्तिकारी एकीकरण अपरिहार्य भएको बताएका छन्।
बुधबार जारी वक्तव्यमा सुवेदीले दलाल तथा नोकरशाही पुँजीपतिको प्रतिक्रियावादी सत्ताअन्तर्गत गरिने सरकार–सहभागिता जनताको हितमा कहिल्यै नहुने स्पष्ट गर्दै भनेका छन्, 'स्वच्छ, इमानदार, गरिब किसान, मजदुर, दलित महिला जस्ता वर्ग र समुदायका पार्टीहरूले यस्तो व्यवस्थामा गएर देश र जनताको लागि केही गर्न सक्ने सम्भावना नै हुँदैन।'
उनका अनुसार सामान्य वा दुई तिहाई बहुमतका सरकारहरूले समेत देश र जनताको हितमा काम गर्न नसकी साम्राज्यवादी–विस्तारवादी स्वार्थ, दलाल–नोकरशाही, तस्कर र माफियाको चंगुलमा परेर भ्रष्ट र निकम्मा साबित भएका छन्। त्यसैले उनले प्रतिक्रियावादी व्यवस्थाअन्तर्गत सरकारमा भाग लिन नहुने तर चुनावको प्रयोग कार्यनीतिक दृष्टिले गर्न सकिने बताए।
सुवेदीले चुनावलाई जनतासँग सम्पर्क र सम्बन्ध विस्तार गर्ने, उनीहरूको समस्या बुझ्ने र संगठन सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखे। उनले भने, 'चुनावको माध्यमबाट जनतालाई आफ्नो योजना, नीति र कार्यक्रम बुझाउने र सही नेता–उम्मेदवार चिनाउने वातावरण निर्माण गर्न सकिन्छ।'
साथै सुवेदीले हाल विभाजित र विखरिएका कम्युनिस्ट पार्टी, समूह र संगठनहरूबीच रुपान्तरणसहितको एकता र मोर्चाबद्धता नै आजको प्रमुख आवश्यकता भएको औंल्याए। उनले भने, 'क्रान्तिकारी आन्दोलनको उत्कर्षका लागि सबै सच्चा कम्युनिस्टहरूले एकीकरण, ध्रुवीकरण र मोर्चाबन्धनको प्रक्रियामा गम्भीर र जिम्मेवार भएर लाग्नुपर्छ।'
उनले आफ्नो पार्टीले पनि लामो समयदेखि यस दिशामा पहल गर्दै आएको र पछिल्ला प्रयासहरूले उत्साहजनक संकेत दिएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण