आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
एकता घाेषणा समाराेह

नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा नेपाल निर्वाचित

बुधबार, १९ कात्तिक २०८२, १६ : ०५
बुधबार, १९ कात्तिक २०८२

सारांश

  • विभिन्न दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन्।
  • माधवकुमार नेपाललाई सहसंयोजकमा चयन गरिएको छ।
  • महेन्दराय यादवले प्रचण्ड र नेपाललाई चयन गर्न प्रस्ताव गरेका थिए, जसलाई हलले समर्थन गर्यो।

काठमाडौँ । विभिन्न दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल निर्वाचित भएका छन् ।

बुधबार एकता घोषणापछि भएको सम्मेलनमा प्रचण्ड संयोजक र सहसंयोजकमा नेपाललाई चयन गर्न नेता महेन्दराय यादवले प्रस्ताव गरेका थिए । यादवको प्रस्तावलाई हलले ताली बजाएर समर्थन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप