युवा पुस्तालाई ‘असफल’ नेताहरूको प्रलोभनमा नपर्न सामाजिक अभियन्ता ईःईः को आग्रह
सारांश
- सामाजिक अभियन्ता ईः ईः ले पुराना नेताहरूले युवा पुस्तालाई भ्रमित पार्ने प्रयास गरिरहेको बताए।
- उनका अनुसार, युवापुस्ताले पुराना नेताहरूको प्रलोभनमा पर्नु मूर्खता हुनेछ।
- ईः ईः ले केपी शर्मा ओली र पूर्णबहादुर खड्का लगायतका नेताहरूलाई लक्षित गरेका छन्।
काठमाडौँ । सामाजिक अभियन्ता ईः ईः ले देशका असफल भइसकेका पुराना नेताहरूले नयाँ पुस्तालाई भागबण्डे सन्देश र मिथ्या आश्वासनका जालमा फसाउने प्रयास गरिरहेको बताएका छन्। उनका अनुसार, यस्ता नेताहरूको प्रलोभनमा पर्नु युवापुस्ताका लागि ठुलो मूर्खता हुनेछ।
बुधबार फेसबुकमार्फत अभियन्ता ईःईः ले पुराना राजनीतिक पात्रहरूलाई लक्षित गर्दै ती नेताहरूले ‘श्रेष्ठ आकाङ्क्षाका भारी बोकेका पात्र’ बनेर नयाँ पुस्तालाई भ्रमित पार्ने प्रयास गरिरहेको टिप्पणी गरेका छन्। उनका भनाइमा, यस्ता नेताहरू नयाँ सुरुवातको नाममा फेरि पुरानै असफल सोचमा युवालाई तान्ने प्रयास गरिरहेका छन्।
ईः ईः लेख्छन्, “‘जीवनभर नेपाली जनताको नाडी छामेको’ भन्दै कुनै युवा विद्रोह हुँदैन, हुनैसक्दैन भन्ने निष्कर्षमा पुगेर दूर्घटना गराइसकेका असफल पात्रको उपदेश पत्याउने छुट तपाईँहरूलाई छैन। पहिलाका जस्तै नयाँ भन्नेहरूमा पनि नैतिक र बौद्धिक ह्रास देखिनु चिन्ताको विषय हो। बरु दलहरू भित्र एवं अन्य क्षेत्रमा पुस्तान्तरण र नवयुवाकरणको प्रक्रियालाई सघाउ पुर्याउने भूमिकामा प्रस्तुत हुनुहोस्। विकल्प ढुक्दै बस्ने कि आफै बन्ने?”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण