रोबिन सिंह लुम्बिनी लायन्सको मेन्टर नियुक्त
सारांश
- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ।
- रोबिन सिंहसँग आईपीएल, क्यारेबियन प्रिमियर लिग र युएईको राष्ट्रिय टिमलाई प्रशिक्षण दिएको लामो अनुभव छ।
- सिंहले भारतको यू-१९ टिम, हङकङ र डेक्कन चार्जर्सको पनि प्रशिक्षण सम्हालेका थिए।
काठमाडौँ । लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ । लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि सिंहलाई मेन्टरमा नियुक्त गरेको हो ।
६२ वर्षीय रोबिन सिंहसँग प्रशिक्षणको लामो अनुभव छ । उनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स र क्यारेबियन प्रिमियर लिगमा बारबाडोस ट्रिडेन्ट्सको प्रशिक्षण सम्हालिसकेका छन् ।
यस्तै रोबिन सिंहले युएईको राष्ट्रिय टिमलाई समेत प्रशिक्षण दिइसकेका छन् । खेल जीवनबाट संन्यास लिएपछि सिंहले सुरुमा भारतको यू–१९ टिमको प्रशिक्षक बनेका थिए ।
सन् २००४ मा हङकङको प्रशिक्षक बनेका उनले हङकङलाई एसिया कपमा छनोट गराउन भूमिका खेलेका थिए । त्यसपछि सन् २००६ मा उनी भारत ए टिमको प्रशिक्षक बने ।
त्यसपछि २००७ र २००८ मा उनले भारतीय राष्ट्रिय टिममा फिल्डिङ प्रशिक्षकको रुपमा काम गरे ।
त्यसपछि सन् २००८ मा सुरु भएको आईपीएलको पहिलो सिजनमा सिंह डेक्कन चार्जर्सको प्रशिक्षक थिए । सन् २०१० मा मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक बनेका तीन सिजन मुम्बईको टिममा रहे । त्यसपछि मुम्बईले सन् २०१३ मा आईपीएल उपाधि जितेदेखि उनी कोचिङ संरचनामा समावेश थिए । उनी सन् २०१२ पछि बार्बाडोस ट्रिडेन्ट्सका प्रशिक्षक बनेका थिए ।
रोबिन सिंह सन् २०२० मा युएईको राष्ट्रिय टिमको डिरेक्टर अफ दि क्रिकेट तथा मुख्य प्रशिक्षक बने । उनकै प्रशिक्षणमा युएईले सन् २०२२ मा अष्ट्रेलियामा भएको आईसीसी टी२० विश्वकप खेलेको थियो ।
सन्२०२३ देखि सुरु भएको इन्टरनेसनल लिग टी२० मा उनी पहिलो सिजन एमआई इमिरेट्सको जीएम बनेका थिए । अर्को सिजन उनी एमआई इमिरेट्सको मुख्य प्रशिक्षक बन्दै टिमलाई च्याम्पियन बनाउन योगदान गरेका थिए ।
यस्तै खेलाडी हुँदा अलराउण्डर रहेका उनले भारतका लागि एक टेष्ट र १३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टेष्टमा एक खेलमा २७ रन मात्र बनाएका थिए । यस्तै एकदिवसीय अन्तर्राष्ट्रियमा दुई हजार भन्दा बढी रन बनाएका उनले ६९ विकेट लिएका थिए ।
दुई दशक लामो प्रशिक्षण अनुभव भएको रोबिन सिंहको आगमन र उनको अनुभवले नेपाल प्रिमियर लिग दोस्रो सिजनमा राम्रो नतिजा ल्याउने लुम्बिनी लायन्सको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण