सवारी दुर्घटनामा एकै दिन चार जनाको मृत्यु
सारांश
- बुधबार देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
- बर्दियामा धान काट्ने कम्पाउण्डको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ, चालक नियन्त्रणमा।
- बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, चालक घाइते।
- रुपन्देहीमा मोटरसाइकललाई पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ, चालक नियन्त्रणमा।
काठमाडौं । देशका विभिन्न स्थानमा बुधबार भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।
बर्दियाको गेरूवा गाउँपालिका-२, पाताभारस्थित सडकमा अनटेष्ट लेखिएको धान काट्ने कम्पाउण्ड (कम्बाईन) को ठक्करबाट साइकलयात्री ७१ वर्षीय तारा सिंह हमाल को बुधबार दिउँसो मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको राजापुरस्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा निधन भएको हो। कम्पाउण्डका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यता, बझाङको थलारा गाउँपालिका-२, काँडास्थित सडकमा सु.प.प्र.०१-००२ त ५७२४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिकाका ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर चालकलाई थप उपचारका लागि धनगढी पठाइएको छ।
यसैगरी, रूपन्देहीको ओमसतिया गाउँपालिका-४, बसन्तपुरस्थित सडकमा लु. ३२ प १९४६ नम्बरको मोटरसाइकललाई लु.१ ज ३८८३ नम्बरको बलेरो पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालक २७ वर्षीय आकाश थारूको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यी सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण