दोस्रो सातामा ‘परान’
सारांश
- शुक्रबार रिलिज भएको फिल्म 'परान' ले दोस्रो हप्तामा राम्रो व्यवसाय गरिरहेको छ।
- सुरुमा कम शो पाएको फिल्मले दर्शकको प्रतिक्रियापछि धेरै शो पाउन थालेको छ र हाउसफुल भइरहेको छ।
- 'परान' बाबु-छोराको भावनात्मक सम्बन्धमा आधारित छ, जसले दर्शकलाई रुवाउँदै लोकप्रियता बढाएको छ।
काठमाडौँ । गत शुक्रबारबाट रिलिज भएको फिल्म ‘परान’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । फिल्मले प्रदर्शनको केही दिन राम्रो व्यवसाय गर्न नसकेपनि दर्शकको सकारात्मक प्रतिक्रियापछि मंगलबारबाट भने देशभर राम्रो व्यवसाय गरिरहेको छ । फिल्मको बुधबारसम्म बक्सअफिसमा १ करोड १४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
रिलिजको पहिलो दिन ६४ शो पाएको फिल्मले दर्शक उपस्थिति न्यून हुँदा त्यसपछिका दिनमा धेरै शो गुमाएको थियो । तर बिहीबारसम्म आउँदा फिल्मले १३२ बढी शो पाएको छ । त्यसमध्ये ४० भन्दा बढी शो बिहान नै हाउसफुल भएको निर्माण पक्षले जनाएको छ । शुक्रबार पनि फिल्मले राम्रो शो पाएको छ ।
बाबु–छोराको भावनात्मक सम्बन्धमा आधारित ‘परान’ले हलमा दर्शकको रुवाबासी नै चलाएको छ । फिल्म हेर्दा दर्शकहरू हलभित्रै रोएका केही भिडियो टिकटकमा निकै भाइरल भएका छन्, जसले फिल्मको लोकप्रियता अझ बढाएको छ । विशेषगरी कलाकार नीर शाहको अभिनयले दर्शकलाई बढी प्रभावित बनाएको पाइएको छ ।
दीपक प्रसाद आचार्यको निर्देशन रहेको फिल्ममा फिल्ममा नीर शाहसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, बुद्धि तामाङ लगायतको पनि अभिनय रहेको छ ।
फिल्मको निर्माणमा देशका ठुला व्यावसायिक घराना गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यले सहकार्य गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण