शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
काठमाडौँमा सामा चकेवा महोत्सव, तस्बिरहरू
फोटोफिचर

काठमाडौँमा सामा चकेवा महोत्सव, तस्बिरहरू

शनिबार, २२ कात्तिक २०८२

काठमाडौँ । थारू महिला समाज उपत्यका समिति काठमाडौंले दाजुभाइ र दिदीबहिनीको प्रेमको प्रतीकको रूपमा सामा चकेवा महोत्सव २०८२ आयोजना गरेको छ। यो पर्व कार्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मिथिला क्षेत्रमा विशेष रूपमा मनाइन्छ।

sama chakewa (1)

साँझको भोजनपछि किशोरी र महिलाहरूले दाजुभाइको दीर्घायुको कामना गर्दै चुगलखोरी गर्ने र चुगलाको दाह्री जुँगामा आगो लगाएर गीत गाउँदै यो पर्व खेल्छन्। मिथिला क्षेत्रमा मात्र नभई सहरमा पनि सामूहिक रूपमा गाइने सामा चकेवाको गीत गुञ्जिरहेको हुन्छ।

sama chakewa (2)

घर-घरबाट डालामा दियो बालेर निस्केका समूहहरूले माटोको कलात्मक मूर्तिसहित सामा चकेवा खेल्दाको उल्लास बेग्लै देखिन्छ। यस पर्वमा दाजुभाइको आयु बढाउन दिदीबहिनीले सामा चकेवा मनाउने गर्छन् र जसरी माइतीबाट दिदीबहिनीको बिदाइ हुन्छ, त्यसरी नै पूर्णिमाको दिन सामाको पनि बिदाइ गरिन्छ।

sama chakewa (3)

पद्मपुराणमा उल्लेख भएअनुसार, यो पर्व भगवान् श्रीकृष्णकी छोरी सामा र बृन्दावनका कुमार चक्रवात (चकेवा) बीचको प्रेम कथामा आधारित छ। महासामन्त चुडक (चुगला) ले उनीहरूको प्रेम सहन नसकेर चुगली लगाइदिएपछि सामालाई चरी बन्ने श्राप लागेको र पछि भाइले उद्धार गरेको किंवदन्ती छ।

sama chakewa (4)

पूर्णिमाको राति माटो, जुट लगायतका स्थानीय उत्पादनबाट बनाएका प्रतिमालाई दाजुभाइले घुँडामा राखी फुटाएपछि खेतमा सेलाइन्छ। यस पर्वलाई मिथिलामा भ्रातृत्व सम्बन्ध प्रगाढ बनाउने चाँडका रूपमा लिइन्छ।

sama chakewa (5)sama chakewa (6)sama chakewa (7)sama chakewa (8)sama chakewa (9)sama chakewa (10)sama chakewa (11)sama chakewa (12)sama chakewa (13)sama chakewa (14)

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया